१९ मंसिर २०८२, शुक्रबार
,
Latest
लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रिमियर लिगको OTT प्रसारण अधिकार डिशहोमलाई, अनधिकृत प्रसारणमा कडाइ



अ+ अ-

 काठमाडौं । नेपाल क्रिकेट संघ (CAN) ले नेपाल प्रिमियर लिग (Nepal Premier League 2025) को Over-The-Top (OTT) तथा डिजिटल प्रसारण अधिकारसम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ। मिति २०८२/०८/०१ गतेदेखि सुरु भएको लिगका खेलहरूको OTT प्रसारण अधिकार भारत बाहेक अन्य सबै देशमा डिश मिडिया नेटवर्क लिमिटेड (Dish Media Network Ltd.) सँग रहेको CAN ले स्पष्ट गरेको छ।

डिशहोमकै DishHome GO एप डाउनलोड गरी नेपाल प्रिमियर लिगका सम्पूर्ण खेल हेर्न सकिने जानकारी पनि सार्वजनिक गरिएको छ। CAN का अनुसार डिजिटल तथा OTT प्रसारणका पूर्ण अधिकार डिश मिडिया नेटवर्कलाई प्रदान भइसकेकाले अन्य कुनै पनि डिजिटल प्लेटफर्म—जस्तै YouTube, Facebook, TikTok, Instagram, Twitter, Telegram वा अन्य वेबसाइट तथा एपमार्फत प्रसारण पूर्णतः प्रतिबन्धित रहनेछ।

अनधिकृत रूपमा पुनःप्रसारण, सम्पादन, रेकर्डिङ, वितरण वा अन्य कुनै माध्यमबाट सामग्री प्रयोग गर्नु गैरकानूनी हुने चेतावनी पनि CAN र डिश मिडिया नेटवर्कले संयुक्त रूपमा दिएका छन्।

सर्वसाधारण, विज्ञापनदाता तथा मिडिया साझेदारलाई आधिकारिक प्लेटफर्म DishHome GO बाट मात्र खेल हेर्न आग्रह गर्दै CAN ले अनधिकृत लिंक वा साइट प्रयोग गर्दा व्यक्तिगत तथा वित्तीय विवरण चोरी हुने जोखिमसमेत रहेको बताएको छ।

यदि नेपाल प्रिमियर लिगका कुनै पनि खेल अनधिकृत रूपमा प्रसारण भएको भेटिएमा तुरुन्तै CAN वा डिशहोमलाई जानकारी दिन अनुरोध गर्दै दुवै संस्थाले प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी सार्वजनिक गरेका छन्।