२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रिमियर लिगको OTT प्रसारण अधिकार डिशहोमलाई, अनधिकृत प्रसारणमा कडाइ



अ+ अ-

 काठमाडौं । नेपाल क्रिकेट संघ (CAN) ले नेपाल प्रिमियर लिग (Nepal Premier League 2025) को Over-The-Top (OTT) तथा डिजिटल प्रसारण अधिकारसम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ। मिति २०८२/०८/०१ गतेदेखि सुरु भएको लिगका खेलहरूको OTT प्रसारण अधिकार भारत बाहेक अन्य सबै देशमा डिश मिडिया नेटवर्क लिमिटेड (Dish Media Network Ltd.) सँग रहेको CAN ले स्पष्ट गरेको छ।

डिशहोमकै DishHome GO एप डाउनलोड गरी नेपाल प्रिमियर लिगका सम्पूर्ण खेल हेर्न सकिने जानकारी पनि सार्वजनिक गरिएको छ। CAN का अनुसार डिजिटल तथा OTT प्रसारणका पूर्ण अधिकार डिश मिडिया नेटवर्कलाई प्रदान भइसकेकाले अन्य कुनै पनि डिजिटल प्लेटफर्म—जस्तै YouTube, Facebook, TikTok, Instagram, Twitter, Telegram वा अन्य वेबसाइट तथा एपमार्फत प्रसारण पूर्णतः प्रतिबन्धित रहनेछ।

अनधिकृत रूपमा पुनःप्रसारण, सम्पादन, रेकर्डिङ, वितरण वा अन्य कुनै माध्यमबाट सामग्री प्रयोग गर्नु गैरकानूनी हुने चेतावनी पनि CAN र डिश मिडिया नेटवर्कले संयुक्त रूपमा दिएका छन्।

सर्वसाधारण, विज्ञापनदाता तथा मिडिया साझेदारलाई आधिकारिक प्लेटफर्म DishHome GO बाट मात्र खेल हेर्न आग्रह गर्दै CAN ले अनधिकृत लिंक वा साइट प्रयोग गर्दा व्यक्तिगत तथा वित्तीय विवरण चोरी हुने जोखिमसमेत रहेको बताएको छ।

यदि नेपाल प्रिमियर लिगका कुनै पनि खेल अनधिकृत रूपमा प्रसारण भएको भेटिएमा तुरुन्तै CAN वा डिशहोमलाई जानकारी दिन अनुरोध गर्दै दुवै संस्थाले प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी सार्वजनिक गरेका छन्।