१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमवार पनि धर्नामा



अ+ अ-

काठमाडौं: वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमवार पनि धर्नामा बसेका छन् ।

सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालय अगाडि धर्ना दिएका हुन् । सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नुपरेको उनीहरूले बताएका छन् । सहकारी पीडितहरु बचत रकम फिर्ताको माग गर्दै गत शुक्रवारदेखि धर्नामा बस्दै आएका छन् ।

उनीहरुले सहकारी ‘वचतकर्ताको मागलाई राजपत्रमा प्रकाशित गर’, ‘पीडितलाई पीडा दिएर पीडकलाई साथ दिने राजनीतिक मतियार राजीनामा दे’ लगायत नारा लेखिएका प्लेकार्ड समेत बोकेका छन् । आफूहरु रहरले नभई दुःख गरी कमाएर भविष्यको लागि भनेर राखेको वचत फिर्ताको लागि आन्दोलनमा आएको उनीहरुको भनाइ छ । आन्दोलनरत एक सहकारी पीडितले राज्यले आफूहरुको पीडा नसुनिदिएको दुखेसो पोख्नुभयो ।

आफूहरुको वचत फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने उहाँको चेतावनी दिनुभयो । —न्युज एजेन्सी नेपाल