६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एमसीसीमा वरिष्ठ नेता नेपालको धारणा ‘लिखित प्रतिवद्धतापछि मात्र पारित हुन्छ’

एमसीसीमा वरिष्ठ नेता नेपालको धारणा ‘लिखित प्रतिवद्धतापछि मात्र पारित हुन्छ’
अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)मा लिखित प्रतिवद्धता आउनुपर्ने बताएका छन् । उनले अमेरिकाको लिखित प्रतिवद्धता आएमात्र पास हुने जनाएका छन् । एमसिसी इन्डो प्यासेफिक रणनीतिअन्तर्गत नभएको भनेर अमेरिकाले लिखित प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताएका हुन् । नेकपाभित्र एमसिसीका बारेमा विभिन्न धारणा आइरहेका वेला उनले अमेरिकाको लिखित प्रतिवद्धता खोजेका हुन् ।

अमेरिकाले मौखिक र विभिन्न जानकारी मुलक सन्देशमा सैनिक कार्यक्रमअन्तर्गत नरहेको बताएर स्पष्ट पार्न खोजेपनि नेता नेपालले भने लिखित प्रतिवद्धता आउनुपर्ने बताएका हुन् । उनले लिखित प्रतिवद्धता आए मात्र संसदबाट पारित हुने नभए नहुने स्पष्ट पारेका छन् । भारतीय एक सञ्चारमाध्यमलाई दिएको अन्तवार्तामा उनले अमेरिकी राजदूत र्यान्डी बेरीलाई एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीतिअन्तर्गत होइन भनी लिखित प्रतिबद्धता गर्न आग्रह गरेको समेत बताएका छन् । गत माघ २३ मा राजदूत बेरीले नेता नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर भेटेका थिए । भेटमा राजदूत बेरीले एमसिसी संसदबाट अनुमोदन गर्न आग्रह गरेका थिए ।

तर, नेता नेपालले भने एमसीसीका विभिन्न पक्षमा जानकारी मागेका थिए । उनले सैन्य कार्यक्रमअन्तर्गत होइन भनेर अमेरिकाले लिखित प्रतिवद्धता व्यक्त गर्नुपर्ने आफूहरूको अडान रहेको राजदूत बेरीलाई सुनाएका थिए । ‘इन्डो प्यासिफिक रणनीतिलाई समर्थन गर्न सकिन्न । हामी त्यसमा स्पष्ट छौँ । त्यस्ता कुनै कुरा एमसीसीसँग जोडिएका छन् भने हामी एमसिसी पनि स्वीकार्न सक्दैनौँ,’ नेपालले भनेका छन् । भेटमा राजदूत बेरीले एमसिसी र इन्डो प्यासिफिकबीच कुनै सम्बन्ध नभएको आफूलाई बताएको उनको भनाइ छ ।

‘यो कुरा स्पष्ट पार्न अमेरिकी राजदूत मकहाँ आउनुभएको थियो । मैले लिखित प्रतिबद्धता पनि मागेको थिएँ । जुन अहिलेसम्म आएको छैन,’ उनले अन्तर्वार्तामा भनेका छन् । नेकपा केन्द्रीय समितिले गठन गरेको कार्यदलले एमसीसी परिमार्जनपछि मात्र अनुमोदन गर्न सिफारिस गरेको छ । वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले केही प्रावधान राष्ट्रहित विपरीत भएकाले केही प्रावधान संशोधन गरेर पारित गर्नुपर्ने सुझाव दिएको छ । तर, नेकपाभित्र यो विषयलाई लिएर विवाद रहँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यो पारित गर्ने पक्षमा छन् भने अर्को पक्ष यसलाई संशोधन गरेरमात्र पारित गर्ने पक्षमा उभिएको छ ।

जसका कारण नेकपामा एमसीसीलाई लिएर अन्यौलता रहेको छ । संसदबाट पारित गर्ने समय घर्किएर जाँदै गर्दा एमसीसीका विषयमा अन्यौलता पनि बढ्दै जान थालेको छ । वरिष्ठ नेता नेपालले एमसीसीबाट प्राप्त हुने ५० करोड डलर रोकिए त्यसको विकल्पमा एसियाली विकास बैंक (एडीबी) सँग सहयोग लिने खुलासा पनि गरेका छन् । उनले सो कार्यक्रम अमेरिकाको सहयोग बिनापनि पूरा भने गरिने उल्लेख गरेका छन् । नेपालले एमसीसीको अनुदान लिएन भने प्रसारण लाइन र सडक बनाउन के गर्छ त भन्ने प्रश्नमा नेता नेपालले भनेका छन्, ‘हामी एसियाली विकास बैंक जानेछौँ ।’

संसदको चालु अधिवेशनमा एमसीसी पारित गर्ने तयारी सरकारले गरिरहेको छ । तर, नेकपाभित्रै कुरा नमिलेपछि अन्यौलता देखिएको छ । नेकपाका एक नेताका अनुसार चाँडै बस्ने सचिवालय बैठकले एमसीसीका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दलले भने एमसीसी हुबहु पारित हुनुपर्ने धारणा राख्दै आएका छन् । सौर्य दैनिक