६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोरोनाले पर्यटन व्यवसाय प्रभावित, पोखरामा १५ प्रतिशत मात्र पर्यटक

कोरोनाले पर्यटन व्यवसाय प्रभावित, पोखरामा १५ प्रतिशत मात्र पर्यटक
अ+ अ-

पोखरा । पोखराका होटल विगतमा यो बेला ८० प्रतिशतसम्म पर्यटकले भरिभराउ हुन्थे। यसपटक साना–ठूला होटलमा गरी १५ प्रतिशत मात्र पर्यटक पोखरामा रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन्। चीनलगायत मुलुकमा कोरोना भाइरस संक्रमणको प्रभाव यहाँ परेको हो। अंग्रेजी महिना मार्च, अप्रिल, मे पदयात्राको सिजन हो। यो बेला युरोपेली, अमेरिकी, अस्ट्रेलियाली, जापानी, कोरियाली, चिनियाँलगायत पर्यटक आउने गर्छन्। पहिल्यै आएका युरोपेली, अमेरिकी ८ प्रतिशत, भारतीय ४ र बाँकी अन्य मुलुकका र आन्तरिक पर्यटक रहेको उनी सुनाउँछन्।

नयाँ पर्यटक नआउने र भएका पर्यटक फर्किने भएकाले पर्यटन बजार शून्यमा पुग्नेप्रति चिन्ता बढेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल पोखराका अध्यक्ष हरि भुजेल बताउँछन्। बैंकको चर्को ब्याजदरका कारण पनि मर्कामा परेको व्यवसायीले बताएका छन्।टान पश्चिमाञ्चल पोखराका पूर्वअध्यक्ष दीपकराज अधिकारीका अनुसार अन्नपूर्ण पदयात्राको अग्रिम बुकिङ रद्द गर्ने क्रम चलिरहेको छ। पर्यटकले मार्च दोस्रो सातादेखिका ९० प्रतिशत बुकिङ रद्द गरेको उनको भनाइ छ। रेस्टुराँ व्यवसायमा पनि असर पर्न थालेको रेबान पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण बराल सुनाउँछन्।

अन्नपूर्ण पदयात्रा क्षेत्रको अवस्था चिन्ताजनक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख ऋषि बराल बताउँछन्। उनका अनुसार माघमा अघिल्लो वर्षको तुलनामा आधा कम पर्यटकले पदयात्रा गरे। फागुनमा पनि पर्यटक आगमन निराशाजनक रहेको उनी सुनाउँछन्। पोखरामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलका कारण पनि पर्यटन क्षेत्रमा व्यवसायीले ठूलो लगानी गरिरहेका छन्। एउटै होटलमा २५–३० करोडदेखि १ खर्बसम्म लगानी रहेको पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष भरतराज पराजुली सुनाउँछन्। पर्यटक नआउने अवस्था रहेकाले बैंकको ब्याज तिर्न मात्र होइन, विद्युत्, खानेपानी, कर्मचारीको तलब दिन समस्या पर्ने अवस्था आएको व्यवसायीले बताएका छन्।

पोखरामा ७ सय ५० होटल सञ्चालनमा छन्। तीमध्ये पश्चिमाञ्चल होटल संघमा ४ सयभन्दा बढी होटल आवद्ध छन्। पर्यटकीय सुविधासम्पन्न होटलमा ३० हजारभन्दा बढी बेड संख्या रहेको संघका अध्यक्ष तुलाचनको भनाइ छ। उनका अनुसार होटलमा मात्र २ खर्ब लगानी छ। ‘पोखराको पर्यटन क्षेत्रमा ४ खर्ब लगानी छ’, उनी भन्छन्, ‘यहाँका होटल, रेस्टुराँ, साहसिक खेल प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपलाइन, बन्जीजम्प, हिमाल अवलोकन क्षेत्रमा ठूलो लगानी छ। सिजनमै पाहुना आउने क्रम रोकिएपछि पर्यटन व्यवसाय संकटमा परेको उनी बताउँछन्। अंग्रेजी महिनाको जनवरी, फेब्रुअरीमा चिनियाँ पर्यटकको चहलपहल हुन्थ्यो। उनीहरू प्याराग्लाइडिङ, अल्ट्रालाइट र छोटो पलयत्रामा रमाउँथे।

त्यही सिजनअघि चीनको वुहान सहरबाट सुरु भई विश्वभर फैलिएको कोरोना भाइरसका पर्यटन उद्योग थला पर्ने अवस्थामा पुगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलको भनाइ छ। जनवरी, फेब्रुअरीमा चिनियाँले बुकिङ रद्द गरेकामा अन्य देशका नागरिकले पनि रद्द गर्ने हो कि भन्ने चिन्ता बढेको सांग्रिला रिसोर्टका म्यानेजर गुप्त गिरीको भनाइ छ। बुकिङ गरेका युरोपेली पर्यटकले नेपालको अवस्थाबारे सोधपुछ गरिरहेको उनी सुनाउँछन्। उनका अनुसार ८० देखि ९० प्रतिशत पर्यटक हुनुपर्नेमा २० देखि २५ प्रतिशत मात्र छन्।

सरकारले गोष्ठी, सभा, सम्मेलन नगर्न सचेत गराएका कारण पनि आन्तरिक पर्यटकसमेत घटेको व्यसायीले बताएका छन्। भूकम्प, नाकाबन्दी, द्वन्द्वकाल कुनै पनि समय यस्तो संकटको अवस्था भोग्नु नपरेको उनीहरूको भनाइ छ। यस्तो जटिल अवस्थामा सरकारले राहत प्याकेज दिनुपर्ने संघका अध्यक्ष तुलाचनको माग छ। अन्नपुर्णपोष्ट दैनिक