६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

खाडीमा कोरोनाको त्रास, नेपाली कामदार मारमा

खाडीमा कोरोनाको त्रास, नेपाली कामदार मारमा
अ+ अ-

काठमाडौं । नेपालीको मुख्य गन्तव्य रहेका खाडी मुलुकमा कोरोना भाइरस फैलिन थालेपछि नेपाली श्रमिक मारमा परेका छन् । सबैभन्दा बढी नेपाली श्रमिक रहेका कतारले नेपालीलाई प्रवेशमा तत्कालका लागि प्रतिबन्ध नै लगाएको छ । संयुक्त अरब इमिरेट्समा दुई जना नेपालीमा संक्रमण भेटिएको छ भने साउदी अरबमा पनि नेपालीको प्रवेशलाई कडाई गरिएको छ । कतिपय नेपालीलाई साउदी अरबले प्रवेशमै रोक लगाएको छ । श्रम स्वीकृति जारी संख्याका आधारमा चालु आर्थिक वर्षमा नेपालीको सबैभन्दा ठूलो गन्तव्य मुलुक कतार नै हो । कतारबाट वार्षिक बिदामा नेपाल फर्किएका नेपाली ठुलो मारमा परेका छन् ।

उनीहरूलाई कतारले तत्कालका लागि प्रवेशमा रोक लगाएपछि उनीहरूको रोजगार के हुने भनेर अन्यौलता देखिएको छ । चालु आर्थिक वर्षको हरेक महिनामा १० हजार हाराहारीमा युवाले कतारमा कामका लागि जान श्रमस्वीकृति लिएको तथ्यांक छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार माघमा ४८ हजार ६ सय ७४ ले श्रमस्वीकृति लिएकोमा १० हजार सात सय ६४ जना त्यहाँ गएका छन् । आर्थिक वर्ष ०७५/७६ मा नयाँ र पुराना गरी पाँच लाख आठ हजार आठ सय २८ ले श्रमस्वीकृति लिँदा सबभन्दा बढी एक लाख ६१ हजार दुई सय १५ जना रोजगारीका लागि कतार पुगेका थिए । कतारमा हालसम्म तीन आप्रवासीसहित १५ जनामा कोरोना संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यता, संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत दुई नेपालीमा नयाँ कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएपनि उनीहरूको परिचय खुलाइएको छैन । सोमबार साँझ एक विज्ञप्ति निकाल्दै युएईको स्वास्थ्य मन्त्रालयले नेपालीसहित १४ जनामा भाइरस भेटिएको जनाएको थियो । युएईमा गम्भीर समस्या भनेको त्यहाँ रहेका नेपालीहरू एउटा कोठामा तीन जनादेखि ६,७ जनासम्म बस्ने गरेका छन् । कम्पनीको आवास वा डेरामा पनि नेपाली समूह नै बनाई बस्ने गरेका कारण अरूमा पनि समस्या देखिन सक्ने आशंका गरिएको छ । नेपालका राजदूत कृष्णप्रसाद ढकालले मंगलबारसम्म कोरोना संक्रमण भएकाहरूको परिचय खुल्न नसकेको बताए । ‘दुईजना नेपाली संक्रमित भएको भन्ने सूचना जारी भयो । हामीले चासो राखेर ती नेपाली को हुन् भन्ने जानकारी लिन खोजिरहेका छौँ’, उनले सुनाए ।

हालमा युएईमा दुई लाख ७५ हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् । बहराइनमा पनि संक्रमण भेटिएपनि त्यहाँ रहेका नेपाली सुरक्षित रहेका छन् । साउदी अरबमा पनि कोरोनाको किटाणु फैलिने आशंकामा युएई हुँदै त्यहाँ पुगेका केही नेपालीलाई फिर्ता पठाइएको छ । खाडी मुलुकमा देखिएको त्रासले नेपाली अर्थतन्त्रमा नकरात्मक असर पर्ने देखिएको छ । मुख्य रूपमा रेमिटेन्स भित्रिने मुलुकमै संक्रमण देखिएपछि नेपालीहरू मारमा परेका हुन् ।

श्रमस्वीकृति स्थगन:वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको छ । कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो । विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोकेको छ । विभागले अर्को सूचना जारी नभएसम्म कतारका लागि श्रमस्वीकृति नदिने प्रवक्ता भोलानाथ गुरागाईंले बताए ।

कतारले सोमबारदेखि नेपालसहित १४ देशका नागरिकलाई प्रवेश रोक लगाएको थियो । श्रमस्वीकृति पाएका झन्डै ५ सय नेपाली नागरिक सोमबार त्रिभुवन विमानस्थलबाटै फिर्ता हुनु परेको थियो । दोहा उडान गर्ने कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि नेपाली नागरिकको यात्रामा रोक लगाएका छन् । नेपाल एयरलाइन्सले कतारबाट आउन चाहने यात्रुलाई भने ल्याउने जनाएको छ ।

निगमको दोहा उडान रोकियो:नेपाल वायुसेवा निगमले कतारको दोहाको नियमित उडान तत्कालका लागि स्थगित गरेको छ । निगमले चीनको वुहानबाट तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै दोहाको सम्पूर्ण उडान अस्थायी रूपमा स्थगित गरेको हो । दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित हुने भएको छ । कतारले कोरोनाको जोखिम न्यूनीकरण गर्न नेपाल लगायत १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

२०७६ फागुन २६ गते र त्यसपछिका उडानका टिकट खरीद गरेका यात्रुहरूलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ । निगमले टिकटको उडानको मिति २ पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल वायुसेवा निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो । हिमालयन एयरले पनि केही दिन अघिबाट दोहाको उडान स्थगित गरिसकेको छ । सौर्य दैनिक