५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

महाधिवेशनबारे ध्यानाकर्षण पत्र बुझाएका कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्य छलफलमा

महाधिवेशनबारे ध्यानाकर्षण पत्र बुझाएका कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्य छलफलमा
अ+ अ-

काठमाडौँ । सरकारद्वारा फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएसँगै नेपाली कांग्रेसभित्र संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरू सक्रिय बनेका छन्।

पार्टीको १५औँ महाधिवेशन प्रक्रिया तत्काल सुरु गर्नुपर्ने मागसहित उनीहरूले केन्द्रीय कार्यालय सानेपामा दर्ता गराएको ७ बुँदे ध्यानाकर्षणपत्रको समीक्षा गर्न ललितपुरमा बैठक बसेको छ।

ललितपुरको कुपण्डोलमा बसेको बैठकमा हालको राष्ट्रिय राजनीति, ७ बुँदे मागको प्रभाव तथा आगामी रणनीतिबारे छलफल भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

उनका अनुसार भोलिका लागि बोलाइएको केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे पनि बैठकले तय गर्नेछ। “७ बुँदे मागमा हस्ताक्षर गरेका सबै जना हामी यहाँ सहभागी छौँ,” उनले बताए।

२५ केन्द्रीय सदस्यको मागमा पूर्वउपसभापति विजयकुमार गच्छदार र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पनि ऐक्यबद्धता जनाएका छन्।

सभापति शेरबहादुर देउवा समूहबाट विजयी केन्द्रीय सदस्यहरू—राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला सङ्ग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की र चीनकाजी श्रेष्ठ बैठकमा सहभागी छन्।

पार्टीभित्र आन्तरिक असन्तुष्टि बढ्दै गएको सन्दर्भमा संस्थापन पक्षीय सदस्यहरूको यस सक्रियताले कांग्रेसको आगामी निर्णय प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।