९ श्रावण २०८३, शनिबार
,
Latest
डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहाँ जाँदै थिए शंकर पोखरेल र महेश बस्नेत ?



अ+ अ-

काठमाडौँ । बाराको सिमरामा जेन–जी युवाहरु र एमाले कार्यकर्ताबीच भीडन्त भएपछि अवस्था तनावग्रस्त बनेको छ।

सिमरा विमानस्थल बाहिर नै झडप हुन थालेपछि थप अवाञ्छित घटना रोक्न स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले विमानस्थलको मुख्य गेटमा चार सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मुख्य राजमार्गदेखि विमानस्थल आसपाससम्म अहिले पनि ठूलो भीड र उत्तेजित अवस्था देखिएको छ।

प्रशासनले पूर्व–पश्चिम राजमार्गको पथलैया–परवानीपुर–वीरगन्ज गण्डकसम्मको त्रिभुवन राजपथको पाँच मिटर दायाँबायाँ तथा सिमरा एयरपोर्ट क्षेत्रको पाँच सय मिटर वरिपरि कर्फ्यु लागू गरेको छ। कर्फ्यु आज दिउँसो १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म जारी रहनेछ।

तनाव बढेपछि सिमरा जाने र सिमराबाट काठमाडौं उड्ने सबै उडान रोकिएको छ।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत परवानीपुरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन सिमरा हुँदै आउने जानकारी पाएपछि जेन–जी युवाहरूले विरोध प्रदर्शन गरेका थिए।

सो क्रममा प्रदर्शनकारी र एमाले समर्थक युवाबीच झडप भएको हो। एमाले नेताहरूसहितका यात्रुहरू बुद्ध एयरको उडानमा बसे पनि विमानस्थल क्षेत्रमा तनाव बढेपछि उडान रोकिन पुग्यो ।

राष्ट्रिय युवा संघ, नेपाल मधेश प्रदेश कमिटीले आज बिहान १० बजेदेखि परवानीपुरमा ‘युवा जागरण अभियान’ कार्यक्रम आयोजना गरेको थियो।

विमानस्थल सामान्य रूपमा सञ्चालनमा आएपछि मात्र एमाले नेताहरू कार्यक्रमस्थलतर्फ जाने तयारीमा रहेको आयोजकहरूले बताएका छन्।