९ श्रावण २०८३, शनिबार
,
Latest
डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमरा विमानस्थलमा झडपपछि उडान अवरुद्ध, विमानस्थल अस्थायी रूपमा बन्द



अ+ अ-

काठमाडौँ । सिमरा विमानस्थलमा एमाले कार्यकर्ता र जेन–जी समूहबीच भएको झडपपछि विमानस्थल बन्द गरिएको छ।

बुद्ध एयरको उडानमार्फत नेता शंकर पोखरेल र महेश बस्नेत सिमरा आउने कार्यक्रम भएकै समयमा दुई समूहबीच तनाव चर्किएपछि उडान सञ्चालन रोकिएको हो।

विमानस्थल प्रमुख विष्णु प्रसाद अधिकारीका अनुसार बुद्ध एयरको उडान नम्बर ५५३ मार्फत बिहान ११ बजे दुई नेता सिमरा अवतरण गर्ने तयारी थियो। तर विमानस्थलको मूल गेट नजिक क्यान्टिन आसपासमा नेता स्वागत गर्न भेला भएका एमाले कार्यकर्ता र जेन–जी समूहबीच बोतल हानाहानसमेत भएको झडप भएपछि सुरक्षा अवस्था कमजोर बनेको अधिकारीले बताए।

‘सुरक्षा जोखिम बढेकाले तत्कालका लागि सिमरा विमानस्थल बन्द गर्ने निर्णय गरिएको हो,’ उनले बताए। उनका अनुसार विमानस्थल बन्द भएपछि काठमाडौँबाट आउने सबै उडान रोकिनुका साथै नेता पोखरेल र बस्नेतको उडान पनि रद्द भएको छ।

सिमरा विमानस्थलबाट बुद्ध एयरले दैनिक दुईतर्फी १० वटा उडान गर्दै आएको छ। दैनिक करिब ७ सय यात्रु काठमाडौँ, वीरगन्ज र सिमरा ओहोरदोहोर गर्ने यस रुटमा विमानस्थल बन्द हुँदा यात्रु प्रभावित बनेका छन्।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको र आवश्यक कदम चालिएको विमानस्थल कार्यालयले जनाएको छ।