९ श्रावण २०८३, शनिबार
,
Latest
डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशन पक्षधर कांग्रेस नेताद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको बेला सो अभियानमा रहेका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

बुधबार बिहान करीब साढे दुई घण्टा चलेको भेटमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति, आगामी चुनावको तयारी र सुरक्षा अवस्थाबारे विस्तृत छलफल गरिएको कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिए।

उनका अनुसार कांग्रेस भित्र उत्पन्न भइरहेको आन्तरिक विवाद, विशेष महाधिवेशनको माग र त्यसको सम्भावनाबारे पनि प्रधानमन्त्री कार्कीले विशेष चासो व्यक्त गरेकी थिइन्।

प्रधानमन्त्रीसँग भेटपछि कांग्रेसभित्र थप तरंग पैदा भएको छ। बालुवाटार पुगेका नेतामा विघटित प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँ, गुरु घिमिरे, देवराज चालिसे, उज्ज्वल बराल, टेकराज पौडेल, छडुप तामाङ र सन्दिप निरौला सहभागी रहेका थिए।

विशेष महाधिवेशनका पक्षमा रहेका नेताहरूले प्रधानमन्त्रीसँगैको भेटलाई संगठनभित्रको बहसलाई नयाँ दिशातर्फ धकेल्ने संकेतका रूपमा लिएको बताएका छन्।