६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एमसिसीमा छायो अन्योलता, अधिवेशनमा पेस नभए स्वत: खारेज हुने

एमसिसीमा छायो अन्योलता, अधिवेशनमा पेस नभए स्वत: खारेज हुने
अ+ अ-

काठमाडौं । ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) संसद्को चालू अधिवेशनमा पेस हुने वा नहुने अन्योलता झनै बढेको छ । यो अधिवेशनमा पेस नभए एमसिसी स्वतः खारेज हुने प्रावधान रहेको छ । संसद्बाट अनुमोदन भएपछि मात्र लागू हुने सर्त रहेका कारण यसलाई पास गराउन सरकार लागि परेको छ । तर, सत्तारुढ दल नेकपाभित्रैको अर्को पक्ष यसलाई संशोधन गरेर पारित गराउनुपर्ने पक्षमा उभिएको छ । जसका कारण सम्झौता भएको लामो समयपछि अन्तिम समयमा विवाद उत्पन्न भएको छ । संसद्मा पेस गर्न कार्यसूची बनाउनुपर्ने सभामुखले दलहरूबिच सहमति भएमात्र अगाडि बढ्ने संकेत गरेपछि यसको अन्यौलता थप देखिएको हो ।

फाइल फोटो

सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको टिप्पणी गरेका छन् । सिंहदरबारमा सोमबार पत्रकारसँगको अनौपचारिक भेटघाटमा उनले एमसिसी प्रस्तावका विषयमा गम्भीर ढंगले बहस भइरहेको बताए । ‘एमसिसी बहसमै छ, कोभिड–१९ का कारण बहस यतातर्फ केन्द्रित भए पनि त्यो बहसमै छ’, उनले भने, ‘दलहरूभित्र पनि छलफल भइरहेको छ, पारित गर्ने अवस्था आएपछि पारित हुन्छ ।’

उनले दलहरूबीच सहमति भएपछि सभामुखले सहजीकरण मात्रै गर्ने टिप्पणी गरे । विद्युत् प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिमा खर्च गर्ने गरी अमेरिकी सरकारले उपलब्ध गराउने उक्त सहयोग ग्रहण गर्ने वा नगर्ने सम्बन्धमा बहस भइरहेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एमसिसी सहयोग लिने÷नलिने भन्ने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले एमसिसीका कतिपय प्रावधान संशोधन गरेर मात्र सहयोग ग्रहण गर्न सुझाव दिएको छ ।

सहमतिमै उपसभामुखको निर्वाचन

सभामुख सापकोटाले दलहरूबीच सहमति हुनेबित्तिकै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताए । उपसभामुख निर्वाचनका लागि आफूले संसदीय दलका उपनेतासँग कुरा गरिरहेको र यो विषय छलफलकै चरणमा रहेको पाएको जानकारी दिए । उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएसँगै माघदेखि उपसभामुख पद रिक्त छ । उपसभामुखका सम्बन्धमा दलहरूबीचमा सहमति जुट्न सकेको छैन । सभामुख सापकोटाले राष्ट्रियसभाका अध्यक्षको परामर्शमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई अर्को व्यवस्था नभएसम्मका लागि संघीय संसद्को महासचिवको जिम्मेवारी तोकिएकोसमेत बताए ।

‘महासचिवको अनुपस्थितिमा यसअघि पनि उहाँले नै कावा महासचिवका जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो, अध्यक्षसँगको परामर्श र ज्येष्ठताका आधारमा योगीलाई महासचिवको जिम्मेवारी तोकिएको हो’, उनले भने । प्रतिनिधिसभाका महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि सेवानिवृत्त भएसँगै सभामुख सापकोटाले प्रतिनिसिभाका सचिव योगीलाई सोमबारदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म महासचिवको जिम्मेवारीको तोकेका थिए । सौर्य दैनिक