९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिसीमा छायो अन्योलता, अधिवेशनमा पेस नभए स्वत: खारेज हुने



अ+ अ-

काठमाडौं । ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) संसद्को चालू अधिवेशनमा पेस हुने वा नहुने अन्योलता झनै बढेको छ । यो अधिवेशनमा पेस नभए एमसिसी स्वतः खारेज हुने प्रावधान रहेको छ । संसद्बाट अनुमोदन भएपछि मात्र लागू हुने सर्त रहेका कारण यसलाई पास गराउन सरकार लागि परेको छ । तर, सत्तारुढ दल नेकपाभित्रैको अर्को पक्ष यसलाई संशोधन गरेर पारित गराउनुपर्ने पक्षमा उभिएको छ । जसका कारण सम्झौता भएको लामो समयपछि अन्तिम समयमा विवाद उत्पन्न भएको छ । संसद्मा पेस गर्न कार्यसूची बनाउनुपर्ने सभामुखले दलहरूबिच सहमति भएमात्र अगाडि बढ्ने संकेत गरेपछि यसको अन्यौलता थप देखिएको हो ।

फाइल फोटो

सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको टिप्पणी गरेका छन् । सिंहदरबारमा सोमबार पत्रकारसँगको अनौपचारिक भेटघाटमा उनले एमसिसी प्रस्तावका विषयमा गम्भीर ढंगले बहस भइरहेको बताए । ‘एमसिसी बहसमै छ, कोभिड–१९ का कारण बहस यतातर्फ केन्द्रित भए पनि त्यो बहसमै छ’, उनले भने, ‘दलहरूभित्र पनि छलफल भइरहेको छ, पारित गर्ने अवस्था आएपछि पारित हुन्छ ।’

उनले दलहरूबीच सहमति भएपछि सभामुखले सहजीकरण मात्रै गर्ने टिप्पणी गरे । विद्युत् प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिमा खर्च गर्ने गरी अमेरिकी सरकारले उपलब्ध गराउने उक्त सहयोग ग्रहण गर्ने वा नगर्ने सम्बन्धमा बहस भइरहेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एमसिसी सहयोग लिने÷नलिने भन्ने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले एमसिसीका कतिपय प्रावधान संशोधन गरेर मात्र सहयोग ग्रहण गर्न सुझाव दिएको छ ।

सहमतिमै उपसभामुखको निर्वाचन

सभामुख सापकोटाले दलहरूबीच सहमति हुनेबित्तिकै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताए । उपसभामुख निर्वाचनका लागि आफूले संसदीय दलका उपनेतासँग कुरा गरिरहेको र यो विषय छलफलकै चरणमा रहेको पाएको जानकारी दिए । उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएसँगै माघदेखि उपसभामुख पद रिक्त छ । उपसभामुखका सम्बन्धमा दलहरूबीचमा सहमति जुट्न सकेको छैन । सभामुख सापकोटाले राष्ट्रियसभाका अध्यक्षको परामर्शमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई अर्को व्यवस्था नभएसम्मका लागि संघीय संसद्को महासचिवको जिम्मेवारी तोकिएकोसमेत बताए ।

‘महासचिवको अनुपस्थितिमा यसअघि पनि उहाँले नै कावा महासचिवका जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो, अध्यक्षसँगको परामर्श र ज्येष्ठताका आधारमा योगीलाई महासचिवको जिम्मेवारी तोकिएको हो’, उनले भने । प्रतिनिधिसभाका महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि सेवानिवृत्त भएसँगै सभामुख सापकोटाले प्रतिनिसिभाका सचिव योगीलाई सोमबारदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म महासचिवको जिम्मेवारीको तोकेका थिए । सौर्य दैनिक