६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन



अ+ अ-

काठमाडौँ। ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ बाग्मतीको गोठाटार पहेँलो पुल क्षेत्रमा सफाइ गरी नकुहिने करिब साढे चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बाग्मती सफाइ महाअभियानका ६५२औँ हप्तामा आज गोठाटार नयाँबस्ती पहेँलो पुल क्षेत्रको बाग्मतीमा सफाइ गर्दा धेरैजसो नकुहिने फोहर नदीमा फालेको पाइएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सफाइमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख प्रकाश अर्याल, गोकर्णश्वर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीलगायत ५० जना अभियानकर्मीको सहभागिता थियो । सफाइबाट उठाइएको फोहर गोकर्णेश्वर नगरपालिकाको ट्रकमा राखी व्यवस्थापन गरिएको शाहीले बताउनुभयो ।

अर्को साता (कात्तिक २९ गते)को सरसफाइ कार्यक्रम सोही नगरपालिकाको जम्बो डाँडा, प्रहरी अघिको बाग्मती नदी किनार र पारिपट्टिको गोठाटार क्षेत्रमा गरिने माथिल्लो बाग्मती सफाइ अभियानका अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा सञ्चालन हुँदै आएको छ । जाडो, बर्सात्, चाडपर्व, विपद् जस्तोसुकै अवस्थामा पनि सफाइ महाअभियान निरन्तर चलिरहेको छ ।

यो महाअभियान विश्वमा लामो अभियानका रूपमा अघि बढेको दाबी गरेको छ । पूर्वमुख्यसचिव लीलामणि पौडेलको अग्रसरतामा यो महाअभियान सुरु भएको थियो । रासस