१५ श्रावण २०८३, शुक्रबार
,
Latest
इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर



अ+ अ-

काठमाडौं। चिनियाँ इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर सूचीकृत गर्दै करिब १४.३ अर्ब हङकङ डलर (लगभग १.८ अर्ब अमेरिकी डलर) जुटाएको छ। कम्पनीले शेयर मूल्य निर्धारण गर्दा आफूले तय गरेको अधिकतम मूल्यमा सूचीकरण गरेको र डिलको आकार बढाउने विकल्प पनि प्रयोग गरेको जनाएको छ।

आइतबार जारी विज्ञप्ति अनुसार, चोंगकिंगस्थित र हुवावे टेक्नोलोजिज कम्पनी लिमिटेडको ईभी साझेदार सेरेसले करिब १०८.६ लाख कित्ता शेयर प्रति शेयर १३१.५० हङकङ डलरमा बिक्री गरेको छ। यसमा अतिरिक्त ८.४ लाख कित्ता शेयर पनि समावेश छन्, जसले प्रस्तावित शेयर संख्यामा करिब ८.४ प्रतिशत ले वृद्धि गरेको हो।

लिस्टिङ मूल्य शाङ्घाई स्टक एक्सचेन्जमा शुक्रबारको बन्द मूल्य १५५.१९ युआनभन्दा २२ प्रतिशत कम रहेको छ, जहाँ सेरेसका शेयर पहिले नै कारोबार भइरहेका छन्। सेरेसका हङकङमा सूचीकृत भएका शेयरहरूको व्यापार बुधबारबाट सुरु हुने छ।

यो वर्ष हङकङमा १ अर्ब डलरभन्दा बढी रकम उठाउने आठौँ कम्पनी बनेको सेरेसको सूचीकृतपछि, हङकङमा हालसम्म जम्मा भएको कुल लगानी संकलन २०२५ का लागि ब्लूमबर्ग इन्टेलिजेन्सको अनुमानित २६ अर्ब डलरभन्दा बढी भइसकेको छ।

सन् १९८६ मा स्थापना भएको सेरेसले सुरुमा स्प्रिङ र शक एब्जर्बर उत्पादन गर्थ्यो। पछि मोटरसाइकल र त्यसपछि इलेक्ट्रिक सवारी साधनतर्फ विस्तार गरेको हो। हुवावेसँगको साझेदारीले कम्पनीलाई रणनीतिक मोड प्रदान गरेको विश्लेषण गरिएको छ।

ब्लूमबर्गका अनुसार, विश्लेषकहरूले यस वर्ष सेरेसको नाफा ७२ प्रतिशतले बढेर १०.२ अर्ब युआनको रेकर्डमा पुग्ने अनुमान गरेका छन्। सेरेसको सूचीकृत प्रक्रिया चाइना इन्टरनेसनल कर्पोरेसन र चाइना ग्यालेक्सी सेक्युरिटिज कम्पनीले संयुक्त रूपमा सम्हालेका छन्।