२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ



अ+ अ-

काठमाडौँ। नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार २४ औँ एसियन आर्चरी च्याम्पियन्सीपमा सहभागी हुने नेपाली खेलाडी तथा विश्व आर्चरी कङग्रेसमा सहभागी हुने नेपालका प्रतिनिधिलाई शुभकामनासहित विदाइ गरेका छन् ।

विश्व आर्चरी कङग्रेस र विश्व आर्चरी च्याम्पियन्सीप बंगलादेशको ढाकामा हुँदैछ । आर्चरी कङग्रेस नोभेम्बर ६ देखि ८ तारिख र एसियन आर्चरी च्याम्पियन्सीप नोभेम्बर ८ देखि १५ तारिखसम्म हुनेछ ।

राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ, महासचिव रमेशप्रसाद सिवाकोटीले विश्व आर्चरी कङग्रेसमा सहभागिता जनाउनेछ । यसैगरी तिलक पुन मगर र ज्ञानु अवालेले एसिया आर्चरी च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

एनओसीका अध्यक्ष श्रेष्ठले दुवै खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गर्दै राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।