१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने
अ अ+ अ-

बागमती। बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने भएको छ।

आज यहाँ हेटौँडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय ‘यसएनओपिएस’ बीच हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरका रूपमा विकास गर्ने सम्झौता भएको हो ।

‘सिटीज फर वुमन नेपालः समावेशी र जलवायु प्रतिरोधी सहरीकरण’परियोजनाअन्तर्गत भएको सम्झौताअनुसार ‘यसएनओपिएस’ले हेटौँडा उपमहानगरपालिकालाई एक लाख ८४ हजार अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउने समझदारी भएको उपमहानगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिनुभयो ।

सम्झौताले समावेशी र जलवायु प्रतिरोधी सहर विकासमा टेवा पुग्ने गरी स्थानीय सरकारका योजना निर्माणमा समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

परियोजना कार्यान्वयनका लागि उपमहानगरपालिकाले पनि  परियोजनाअन्तर्गतको रकमको ३० देखि ५० प्रतिशत लागत साझेदारी गर्ने सम्झौतामा उल्लेख छ । तीव्र सहरीकरण र बढ्दो जलवायु जोखिमका कारण सिर्जना भएका चुनौतीको सामना गर्नु ‘सिटीज फर वुमन’ परियोजनाको मुख्य उद्देश्य रहेको त्यस अवसरमा जानकारी दिइयो । रासस