१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

मिस्टिक माउन्टेन टेनिसमा देवाशिषको विजयी सुरुआत

मिस्टिक माउन्टेन टेनिसमा देवाशिषको विजयी सुरुआत
अ अ+ अ-

काठमाडौं। देवाशिष रेउलेले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार विजयी सुरुआत गरेका छन् ।

होटल मिस्टिक माउन्टेनको आयोजनामा सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगितामा देवाशिषले ओजेज महर्जनलाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको अन्य खेलमा साश्वत बुद्धचार्य, आयुशमान घले, निश्चल कायश्थ, असभसम्राट हाडा, दर्शिल श्रेष्ठ, छेवाङ लामा, सर्वेश खनाल, विपुल अधिकारी, सन्तोष खत्री र निहालजंगबहादुर राणाले सफलता पाए ।

महिला सिंगल्समा शिभाली गुरुङ, प्रकृति श्रेष्ठ र स्वस्तिका विष्टले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै जितका साथ यात्रा प्रारम्भ गरे । यु–१६ ब्वाइज सिंगल्समा सन्दिप विक, अभिषेक गुरुङ, दर्शिल श्रेष्ठ, युभेनमान श्रेष्ठ, साङ्गे रोकाया, सुरेन्द्र विक र सूर्यान्श श्रेष्ठले जित हात पारे । यु–१४ ब्वाइज सिंगल्समा आर्यश पौडेल, सुरेन्द्र विक, सुजन कुइकेल र समय विष्ट विजयी भए ।

यु–१२ ब्वाइज सिंगल्समा अभिषेक बयल्कोटीले जित हात पारे । सोही स्पर्धाको गल्र्समा आर्या पौडेल, सुहानी जजोडिया, इरा खत्री, नाइरा घले र तभिशा राणा विजयी भए ।

यु–१० ब्वाइज सिंगल्समा सोनम घले, तोनिश श्रेष्ठ, सविक पोखरेल र बसिटा क्षेत्री अगाडि बढे । उक्त स्पर्धाको गल्र्समा निम्ति कुँवर, अमिरा गुप्ता, रजिशा जोशी र जेरुशा राजवंशीले सफलता हात पारे ।

यु–८ ब्वाइज सिंगल्समा गगन श्रेष्ठ, निर्भाना मुन्दरा, विविध भट्टचन, सुविज्ञा बुढाथोकी, सर्वज्ञ खत्री, मिहिर श्रेष्ठ, सत्विक मल्होत्रा र वंशिल अग्रवालले पहिलो चरण पार गरे । सो स्पर्धाको गल्र्समा स्वर्णिमा श्रेष्ठ, बेनाफ्सा महर्जन, अनुपमा श्रेष्ठ र भानी राजभण्डारी विजयी भए ।

यु–९ ब्वाइज सिंगल्समा कायान चालिसे, सोनाम घले, आयन पन्त र सर्वज्ञजंग खत्रीले जित हात पारे । त्यसै स्पर्धाको गल्र्समा बेनाफ्सा महर्जन र स्वर्णिमा श्रेष्ठ सफल भए ।

प्रतियोगिताको मिस्टिक माउन्टेनका अध्यक्ष बालकृष्ण ध्वजु र नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले एक कार्यक्रमबीच उद्घाटन गरे । १६ स्पर्धा समावेश पाँचदिने प्रतियोगितामा १ सय ३६ पुरुष र ८३ महिला खेलाडी सहभागी छन् । दोश्रो संस्करणको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ७८ हजार रुपैयाँ रहेको छ । रासस