१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

निर्वाचनमैत्री समाचार सामग्रीलाई प्राथमिकता दिन सरकारी सञ्चारमाध्यमलाई सञ्चारमन्त्री खरेलको आग्रह

निर्वाचनमैत्री समाचार सामग्रीलाई प्राथमिकता दिन सरकारी सञ्चारमाध्यमलाई सञ्चारमन्त्री खरेलको आग्रह
अ अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने गरी क्रियाशील रहेकाले यस कार्यमा सहयोग पुग्ने समाचार सामग्रीलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।

आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमका सम्पादकीय नेतृत्वसँग छलफल गर्दै उहाँले यस कार्यमा सरकारी सञ्चारमाध्यम थप जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री खरेलले सरकारको प्राथमिकतामा रहेको निर्वाचन, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा ‘जेनजी’ पुस्ताको भावनाअनुरूपका ‘कन्टेन्ट’ सम्प्रेषण गर्न आग्रह गर्नुभयो । “सरकार निर्वाचन, सुशासन र जेनजीको आवाजलाई सम्बोधन गर्न क्रियाशील छ । यसमा सबैको सहयोगका लागि पछिल्लो समय चरणबद्ध रूपमा राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीलगायतसँग वार्ता र संवाद गरेर सहजीकरणमा लागेको छ”, उहाँले भन्नुभयो,“यसमा आमसञ्चार माध्यमको अझ बढी भूमिका छ ।

यसमा सरकारी सञ्चार माध्यमले अझै जिम्मेवार रूपमा निर्वाचनको माहोल बनाउन र पछिल्लो समय उत्पन्न परिस्थितिको सहज रूपान्तरणका लागि भूमिका खेल्नसक्छन । त्यसका लागि यहाँहरू सबैलाई मेरो आग्रह छ ।”

निर्वाचनको माहोल बनाउन सरकारले राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिसँग निरन्तर संवाद र अन्तरक्रिया गरिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा यही कात्तिक १२ गते सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच संयुक्त छलफल भएको थियो । त्यसअघि गत कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलपल भएको थियो ।

यी छलफलले निर्वाचनका लागि सकारात्मक वातावरण सिर्जना गरेको मन्त्री खेरेलको भनाइ छ । निर्वाचन, सुशासन र जेनजीको भावनाअनुरुप काम गर्न सरकारले सरोकार भएकाहरूसँग निरन्तर विभिन्न चरणमा छलफल र पैरवी गरिरहेको उहाँले बताउनुभयो ।

सरकारको प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले निर्वाचन केन्द्रित भएर विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिसँगको छलफललाई समेत प्राथमिकतामा राखेको बताउनुभयो । “फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले सबै खाले तयारी गरिरहेको छ । निर्वाचनको माहोल बनाउन राजनीतिक दल र जेनजी प्रतिनिधि पनि सकारात्मक र प्रतिबद्ध रहेको पाएका छौँ”, उहाँले भन्नुभयो,“यिनै विषयवस्तुलाई प्राथमिकतामा राखेर समाचार, तस्बिर, श्रव्यदृश्यलगायत सामग्री पस्कन अनुरोध छ ।”

मन्त्री खरेलले निर्वाचन भएन भने मुलुक सङ्कटतर्फ जानसक्ने खतरा रहने भन्दै सरकार निर्वाचनलाई विशेष प्राथमिकता दिएर आवश्यक तयारीमा जुटिसकेको दोहो¥याउनुभयो । “यसर्थ राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यमले निर्वाचनको पक्षमा बहस र पैरवी गर्न जरूरी छ । सरकारी सञ्चारमाध्यमले निर्वाचन, सुशासन र ‘जेनजी’सम्बन्धी विषयवस्तु उत्पादन, प्रसारण र सम्प्रेषण गर्न जोड दिनुप¥यो । जेनजी समूहको आवाज, सहिद परिवारका भनाइ, उनीहरूका कथा, पीडा, घाइतेका विचारलाई अझ बढी प्राथमिकतामा राखेर प्रकाशन, प्रसारण गर्न मेरो आग्रह छ”, उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री खरेलले नागरिक सरकार भएकाले हिजोको जस्तो राजनीतिक दबाब सरकारी सञ्चारमाध्यममा नभएकाले निर्धक्क साथ आमनागरिकको सर्वोपरी हितमा निष्पक्ष, सन्तुलित र विश्वसनीय समाचार सामग्री सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले परिवर्तित सन्दर्भमा सरकारी सञ्चारमाध्यमले खेलेको भूमिकाको सराहना गर्दै ‘जेनजी भ्वाइस’ शीर्षकमा जेनजी सहिद, घाइते र पीडित परिवारको पीडा, वेदना र समस्यालाई उजागर हुनेगरी समाचार, श्रव्यदृश्यलगायत सामग्री दिन  आग्रह गर्नुभयो ।

छलफलमा सरकारका चारवटै सञ्चारमाध्यमका प्रतिनिधिले निर्वाचनसहित सरकारका गतिविधि, सुशासन, जेनजीका सरोकार र प्राथमिकता, आर्थिक विकासलगायत विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गरिएको बताउनुभयो । उहाँहरूले सरकारका काम कारबाहीसम्बन्धी सूचना र गतिविधि एकद्वार प्रणालीमार्फत प्रवाह गर्ने प्रबन्धका निम्ति सञ्चारमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक उत्तम सिल्वालले निर्वाचन, सुशासन र जेनजीको भावनाबमोजिमका समाचार सामग्रीलाई राससले प्राथमिकताका साथ सम्प्रेषण गरिरहेको बताउनुभयो । राससका प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले सरकारी निकायको सूचना पहुँच सहज र जेनजी सहिद तथा घाइतेका विषयवस्तुलाई प्राथमिकताका साथ सम्प्रेषण गरिने प्रतिबद्धता जनाउनुभयो ।

गोरखापत्र संस्थानका निमित्त प्रधानसम्पादक जुनारबाबु बस्नेतले निर्वाचनको वातावरण बनाउनेगरी विषयवस्तु, सुशासन र जेनजीका विषयलाई समाचार सामग्रीमा प्राथमिकता दिइएको बताउनुभयो । संस्थानका डिजिटल प्रमुख नारदमणि गौतमले सरकारी सूचना र गतिविधि सङ्घीय सरकारका मन्त्रालय र निकायबाट एकद्वार प्रणालीमा आउनसके सम्प्रेषणमा सहज हुने उल्लेख गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनका समाचार महाशाखा प्रमुख पुष्पहरि क्याम्प राईले परिवर्तित सन्दर्भमा बढी सचेत र संवेदनशील भएर काम भइरहेको जानकारी दिनुभयो । नेपाल टेलिभिजनका अनलाइन संयोजक गोविन्द धितालले निर्वाचनका मुख्य पक्ष राजनीतिक दललाई निर्वाचनको पक्षमा लैजान तथा जेनजी समूहको आधिकारिकता र प्राथमिकताका विषयलाई सम्प्रेषण गरिने प्रतिबद्धता जनाउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपाल,रेडियो नेपालका समाचार महाशाखा प्रमुख पवन प्याकुरेलले निर्वाचनको माहोल बनाउन सरकार, राजनीतिक दल र जेनजीको भूमिकाको विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने काम भइरहेको जानकारी गराउनुभयो ।

रेडियोका उपनिर्देशक प्रमोद दाहालले सरकारको प्राथमिकताको आधारमा विषयवस्तुमा एकरुपता कायम गरिनुपर्ने, निर्वाचन र जेनजीको आवाजलाई विशेष प्राथमिकता दिइनुपर्नेमा जोड दिनुभयो ।  रासस