१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई मौरीपालक किसानको ज्ञापनपत्र

प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई मौरीपालक किसानको ज्ञापनपत्र
अ अ+ अ-

चितवन। आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न आज चितवनका मौरीपालक किसानहरूले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

गत असोज २७ गते कृषि तथा पशुपन्छी मन्त्री डा मदनप्रसाद परियारको उपस्थिति र नेपाल मौरीपालक महासङ्घको समन्वयमा १० मेट्रिक टन तोरीको मह किन्ने र दोस्रो त्रैमासिक कोटा स्वरूप डाबर नेपालका लागि एक सय २५ मेट्रिक टन र पतञ्जली आयुर्वेदका लागि ४० मेट्रिक टन मह आयात अनुमति दिने निर्णय भएको थियो ।

उक्त निर्णयले देशभरका मौरीपालक किसानहरूको व्यवसायमा नकारात्मक असर पर्ने र निर्णय प्रक्रियामा केही सदस्यहरूको मात्र सहभागिता रहेको भन्दै किसानहरूले विरोध जनाएका हुन् ।

सो अवसरमा नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिव पौडेलले महको उत्पादन र खपतको मुख्य समय असोजदेखि चैत्रसम्म हुने भएकाले सो अवधिमा विदेशी मह आयात गर्न दिने निर्णय नेपाली किसानको हितमा नभएको बताउनुभयो ।

उहाँले सरकारलाई आयात प्रतिस्थापनका कार्यक्रम ल्याउने क्रममा घरेलु मह उत्पादनको बजारीकरणलाई नीतिगत रूपमा सहजीकरण गर्न आग्रह गर्नुभयो । सरकारले सहयोग नगरे विदेशी बहुराष्ट्रिय कम्पनी र ठूला व्यवसायी–बिचौलियाले नेपाली मौरीपालक किसानलाई विस्थापित गर्ने खतरा रहेको उहाँको भनाइ थियो ।

नेपालमा वार्षिक रूपमा करिब एक हजार ५०० मेट्रिक टन तोरीको मह, दुई हजार मेट्रिक टन चिउरीको मह र अन्य पाँच सय मेट्रिक टन मह उत्पादन हुन्छ । विसं २०५१ देखि व्यावसायिक रूपमा मौरीपालन सुरु भएको नेपालमा हाल मेलिफेरा जातका करिब एक लाख ३० हजार र सेरेना जातका करिब एक लाख ७० हजार बढी मौरीका घार छन् ।

यसबाट मेलिफेराबाट वार्षिक करिब चार हजार मेट्रिक टन र सेरेनाबाट करिब एक हजार मेट्रिक टन मह उत्पादन हुने अनुमान छ ।

नेपालमा मेलिफेरा मौरीपालनमा करिब १२ हजार किसान र सेरेना मौरीपालनमा हजारौँ किसान व्यावसायिक रूपमा संलग्न छन् । रासस