१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनमा बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यकामै रहन पत्र



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले जेनजी आन्दोलनमा काठमाडौँ उपत्यकामा बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यकामै रहन परिपत्र गरेको छ ।

प्रहरी प्रधान कार्यालयले उक्त आन्दोलनको जाँजबुझ आयोगबाट जुनसुकै समयमा सोधपुछका लागि बोलाउन सक्ने भएकाले त्यस क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो ।

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको सचिवालयबाट कात्तिक १६ गते प्राप्त पत्रअनुसार आवश्यक कार्यार्थ उपत्यका प्रहरीलाई उक्त पत्र पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रशासन शाखाले काठमाडौँ उपत्यका प्रहरी कार्यालयलाई आवश्यक कार्यार्थ पठाएको पत्रमा भनिएको छ, “सो सम्बन्ध (जेनजी आन्दोलन)मा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका प्रहरी इन्चार्जहरूलाई घटनासम्बन्धी सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थितिका लागि बोलाउनुपर्ने हुँदा हाललाई काठमाडौँ उपत्यका नछाड्ने व्यवस्था मिलाउन हुनसमेत अनुरोध गरिएको छ ।”रासस