१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

सञ्चारमन्त्री खरेलसँग जेनजी आन्दोलनका क्रममा घाइते पत्रकारको भेट

सञ्चारमन्त्री खरेलसँग जेनजी आन्दोलनका क्रममा घाइते पत्रकारको भेट
अ अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकार दीपेन्द्र ढुङगानाले भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित सञ्चारमन्त्रीको कार्यकक्षमा आज भएको भेटमा घाइते पत्रकारहरूको सवाल र मन्त्रालयले गर्ने सहजीकरणका विषयमा छलफल भएको छ ।

नयाँ पत्रिका दैनिकका फोटो पत्रकारका रूपमा कार्यरत ढुङ्गानालाई गत भदौ २३ गतेको जेनजी आन्दोलनको रिपोर्टिङको क्रममा नयाँबानेश्वरस्थित संसद् भवन अगाडि गोली लागेको थियो । ढुङ्गानाको घाँटीको दाहिनेतर्फ तीनवटा रबरको गोली लागेको थियो । उहाँको पाटन अस्पतालमा शल्यक्रिया गरेर रबरको गोली निकालिएको थियो ।

उपचारका क्रममा करिब रु ७५ हजार खर्च भएको जनाइएको छ । पत्रकार ढुङ्गानाले सरकारसमक्ष उपचारका क्रममा खर्च भएको रकम उपलब्ध गराइदिन पहलका लागि सञ्चारमन्त्रीसमक्ष अनुरोध गर्नुभयो । पत्रकारहरूले प्रयोग गर्ने उपकरण (क्यामेरा, लेन्स, अडियो रेकर्डर)को बिमा अनिवार्य गर्नका लागि पहल गरिदिन पनि उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले पेसागत व्यावसायिक कर्तव्य निर्वाहका क्रममा घाइते फोटो पत्रकार ढुङ्गानाको उपचार खर्च सरकारको तर्फबाट उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । साथै उहाँले अन्य घाइते पत्रकारहरूसँग छिट्टै भेट गरी उनीहरूका समस्या समाधानका लागि मन्त्रालयले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । सञ्चारमन्त्री खरेलले फोटो पत्रकारहरुको बिमाका लागि संस्थागत छलफल गरेर मन्त्रालयले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

ढुङ्गानाले पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य जोड्न, मानसिक स्वास्थ्यका लागि नियमित परामर्शको लागि मिडिया हाउसहरूलाई नियमित गराउने, फिल्डमा खट्ने पत्रकारहरूलाई सुरक्षा उपकरण अनिवार्य गराउने तथा प्राकृतिक प्रकोप, आन्दोलनजस्ता जोखिम ठाउँहरूमा रिपोर्टिङ गर्नका लागि अनिवार्य तालिम राख्नुपर्ने माग पनि सञ्चारमन्त्रीसमक्ष पेस गर्नुभयो । मागप्रति सकारात्मक जनाउँदै सञ्चारमन्त्री खरेलले उपयुक्त विषयमा आवश्यक छलफल र समन्वय गर्ने बताउनुभयो ।

जेनजी आन्दोलनका क्रममा समाचार, तस्बिर र भिडियो सम्प्रेषण गर्दागर्दै पत्रकार ढुङ्गानासहित शम्भु दङ्गाल, उमेश कार्की, श्याम श्रेष्ठ, वर्षा शाह घाइते हुनुभएको थियो ।रासस