१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने लामा पक्राउ

‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने लामा पक्राउ
अ अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले ‘जेनजी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रदर्शनका क्रममा प्रहरी कार्यालबाट हतियार लुट्ने काभ्रेपलाञ्चोक घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २२ वर्षीय राजा तामाङ भन्ने वाङ्सु लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

काठमाडौँ महानगरपालिका–७, लाहुरे टोलस्थित प्रवीण घिमिरे भन्ने भरत विश्वकर्माले सञ्चालन गर्दै आएको सोलुखुम्बु खाजा घरबाट ९७२ डब्लु के ६८३०१ ०३२१८९ नम्बर उल्लेख भएको ग्यास गनको बट र नालको भाग छुट्टाछुट्टै रहेको अवस्थामा बरामद गरी अनुसन्धानका क्रममा लामालाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले गनसहित पक्राउ परेका लामाको कोठामा खानतलासी गर्दा तीन थान गोलीसमेत फेला परेको जानकारी दिनुभयो।

लामा गत साउन ७ गते ज्यान मार्ने उद्योगमा जिल्ला अदालत काठमाडौँको आदेशअनुसार केन्द्रीय कारागार सुन्धारामा रहेको र भदौ २४ गते भएको प्रदर्शनका क्रममा भागी प्रहरीको हतियार लुटेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । रासस