१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

चालीस वर्षपछि मन्दिरमा फर्काइँदै ऐतिहासिक ब्रह्माको मूर्ति

चालीस वर्षपछि मन्दिरमा फर्काइँदै ऐतिहासिक ब्रह्माको मूर्ति
अ अ+ अ-

काठमाडौँ। छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिँदै आएकामा अब मन्दिरमै पुनःस्थापना गरिने भएको छ।

काठमाडौँ महानगरपालिका–८ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र गायत्री मार्गमा रहेको दुईतले मन्दिरमा रहेको मूर्ति ४० वर्षदेखि संरक्षणको अभावमा गौशाला प्रहरी वृत्तमा राखिएको थियो ।

मूर्तिलाई मन्दिरमा पुनःस्थापना गर्न काठमाडौँ महानगरपालिका–८ कार्यालयले पहल सुरु गरेको महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजकसमेत रहनुभएका वडाअध्यक्ष आशामान सङ्गतले जानकारी दिनुभयो ।

सोमबार मूर्ति पुनःस्थापना गरिने र कात्तिक २१ गते उद्घाटनको तयारी भएको उहाँले बताउनुभयो । छैटौँ शताब्दीमा निर्माण भएको ब्रह्माको चतुरमुख मूर्तिसहितको ऐतिहासिक मन्दिर १९९० सालको भूकम्पभन्दा अगाडि नै भत्किएको थियो । भत्केपछि भग्नावशेष मात्र रहेकाले मूर्ति पनि चोरी भएको उहाँले सुनाउनुभयो।

उक्त मूर्ति पछि धोबीखोलामा भेट्टाएर ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको हो । मन्दिरलाई विसं २०७२ वैशाख १२ को भूकम्पले जीर्ण बनाएको थियो । मन्दिरको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पुनःनिर्माणका लागि शिलान्यास गर्नुभएको थियो ।

पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतम ऐतिहासिक सम्पदाको इतिहास नमेटाई पुनःनिर्माण गरेर संरक्षण गर्दै अगाडि बढ्नुपर्ने बताउनुहुन्छ । पाशुपत क्षेत्रमा दशौँ शताब्दीको ब्रह्मेश्वर महादेव पनि पशुपतिनाथ परिसरमा रहेको उहाँले बताउनुभयो  । रासस