१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

अनलाइन सञ्चारमाध्यम दर्ता र सञ्चालन सूचना विभागबाटै

अनलाइन सञ्चारमाध्यम दर्ता र सञ्चालन सूचना विभागबाटै
अ अ+ अ-

काठमाडौँ। अनलाइन सञ्चारमाध्यमको दर्ता तथा सञ्चालनका लागि अब विभिन्न निकाय धाउनु नपर्ने भएको छ ।

अनलाइन दर्ता, नवीकरण र प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि कागजात विभिन्न निकायलाई बुझाउनुपर्ने झन्झट अन्त्य भइ अबदेखि एकै ठाउँमा कागजात बुझाए पुग्ने भएको हो । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणलगायतका काम सूचना तथा प्रसारण विभागबाटै हुने जनाएको छ ।

विभागले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा सञ्चालनको अभिलेख राख्ने र सो अभिलेख विभागले नै नियमित रुपमा काउन्सिललाई उपलब्ध गराउने छ । यसले विभिन्न निकायमा कागजात बुझाउनुपर्ने झन्झटको अन्त्य भएको छ । साथै प्रेस काउन्सिलले रु तीन हजार शुल्क लिई अभिलेख सूचीकरण र अभिमुखीकरण गर्दै आएकामा अब सो रकम पनि तिर्न नपर्ने भएको छ ।

यसअघि सोही कामका लागि भिन्नभिन्न कागजपत्र बुझाउनुपर्ने झन्झटबारे गुनासो आए पछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा विभागले एकद्वार प्रणाली लागू गरेको हो । यसले सेवाग्राहीलाई सहज हुनका साथै सेवा प्रवाह पनि प्रभावकारी हुने मन्त्रालयको विश्वास छ ।

सूचना विभागले आजै सूचना प्रकाशित गरी अनलाइन सञ्चारमाध्यमको अभिलेख विभागले नै नियमित रुपमा प्रेस काउन्सिललाई उपलब्ध गराउने र अभिलेख अद्यावधिक गर्ने प्रयोजनका लागि सेवाग्राहीले पुनः दर्ता प्रमाणपत्रसहितका कागजात प्रेस काउन्सिलमा बुझाउनु नपर्ने जानकारी गराएको छ ।

नेपाल राजपत्रमा २०८२ कात्तिक १३ गते प्रकाशित सूचनाअनुसार नेपाल सरकारले छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ जारी भएको छ । उक्त नियमावलीमा अनलाइन सञ्चारमाध्यम दर्ता तथा सञ्चालनसम्बन्धी व्यवस्था गरिएको छ । सोही नियमावलीको नियम ८ (ज) मा सूचना तथा प्रसारण विभागले नियम ८ (क) को उपनियम (४) बमोजिम प्रमाणपत्र प्राप्त गरेका अनलाइन सञ्चार माध्यमको अभिलेख राख्नु पर्ने व्यवथा गरेको छ । सोही व्यवस्था बमोजिम सञ्चारमाध्यमको अभिलेख विभागले नै नियमित रुपमा काउन्सिललाई उपलब्ध गराउने छ ।

प्रेस काउन्सिल नेपालले पनि आजै सूचना प्रकाशित गरी संशोधित छापाखाना तथा प्रकाशन नियमावली, २०८२ नेपाल राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएकाले अनलाइन सञ्चारमाध्यमको अभिलेख तथा सूचीकरण प्रेस काउन्सिलले गर्ने गरी कानुनी व्यवस्था नभएको हुँदा उक्त कार्य प्रेस काउन्सिल नेपालबाट नहुने र अबदेखि सूचना तथा प्रशारण विभागबाटै हुने स्पष्ट पारेको छ ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले संशोधित नियमावलीअनुसार अनलाइनको अभिलेख सूचना विभागले राख्ने र काउन्सिलले अनुगमनको काम गर्ने बताउनुभयो । उहाँका अनुसार यसभन्दा अगाडि पत्रकारले विभिन्न निकायमा छुट्टाछुट्टै कागजात बुझाउनुपर्ने प्रावधान थियो । अब अभिलेख विभागले राख्ने र काउन्सिलले अनुगमनको काम गर्नेछ ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ (पहिलो संशोध, २०७४) मा दर्ता भएका अनलाइन सञ्चारमाध्यमको अभिलेख प्रेस काउन्सिलले राख्नुपर्ने साथै पत्रकार आचारसंहिता पालना गरे÷नगरेको सम्बन्धमा अनुगमन तथा निरीक्षणसमेत गर्ने व्यवस्थाबमोजिम काउन्सिलले मापदण्ड बनाई रु तीन हजार शुल्क लिई अभिलेख, सूचीकरण र अभिमुखीकरण गर्दै आएकामा केही नेपाल ऐन संशोधन गर्ने ऐन संशोधन गरी सोही बमोजिम छापाखाना तथा प्रकाशन (दोस्रो संशोधन) नियमावली आएको हो ।

यसअघि प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमको रुपमा सञ्चालन हुने अनलाइनलाई व्यवस्थित गर्दै जाने उद्देश्यका साथ २०७० साउन १६ गतेदेखि अनलाइन सूचीकरण प्रारम्भ गरेको थियो । ततपश्चात् नेपाल सरकारले २०७३ चैत ७ गतेबाट लागू हुने गरी अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ जारी गरी कार्यान्वयन हुँदै आएको थियो ।

सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै सञ्चारमन्त्री जगदीश खरेलले सञ्चारमाध्यमसँग सम्बन्धित काम कारबाहीलाई सहज र प्रभावकारी बनाउन एकद्वार प्रणाली लागू गर्न निर्देशन दिँदै आउनुभएको छ । मन्त्री खरेलले विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीसँग अन्तक्र्रिया तथा छलफल निरन्तर गर्दै आउनुभएको छ । रासस