२८ मंसिर २०८२, आईतवार
,
Latest
कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा एमालेका सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिको युवा कोटा रहने प्रस्ताव एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध



अ+ अ-

नवलपरासी।  निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि बुटवल-नारायणगढ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड आज साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो ।

केही दिनदेखिको वर्षाका कारण हिलो र चिप्लो हुँदा एकतर्फी सञ्चालन भएको सडकमा मालवाहक ट्रक फसेपछि आवगमन ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दाउन्नेको घ्यू खोला नजिकै मालवाहक ट्रक हिलो सडकमा फस्दा आज साँझदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।

शुक्रबार रातिदेखि दाउन्ने सडक हिलोका कारण चिप्लो भई सवारीसाधन सञ्चालनमा अवरुद्ध हुँदै आएको थियो । गएरातिदेखि सडक एकतर्फी रूपमा सञ्चालन हुँदा जाममा रहेका सयौँ सवारी थप समस्यामा परेका छन् । अहिले पनि दाउन्ने क्षेत्रमा वर्षा भइरहेकाले सडकमा फसेको ट्रक निकाल्न र चिप्लो बाटो मर्मत गर्न समस्या भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले बताउनुभयो ।

बुटवल-नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ । रासस