१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कराते स्टार एरिका सम्मानित



अ+ अ-

काठमाडौँ। नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ आज सम्मानित भएकी छिन् । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले उनलाई सम्मान गर्नुभएको हो ।

मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा स्वर्ण पदक जितेकामा हौसलास्वरुप एरिकालाई नगद रु ५० हजारसहित प्रशंसापत्रबाट सम्मान गरिएको हो ।

एरिका डब्लुकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । मनमैजुमा भएको कार्यक्रममा मनमैजु डोजोका अध्यक्ष एवं संयोजक विकास राजवाहकलगायतको उपस्थिति थियो ।

एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराँते च्याम्पियनसिपमा समेत खेल्दैछिन् । एरिकाले विश्वविद्यालय कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् । उनीसँगै एकल कातामा सानुमाया थिङ पनि विश्व च्याम्पियनसिपमा सहभागी हुँदैछिन् ।