६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलको मूल्य यथावत, डिजेल र मट्टितेलको मूल्य घट्यो



अ+ अ-

काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो।

निगम सञ्चालक समितिले हवाई इन्धन आन्तरिकतर्फ लिटरमा १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाउने निर्णय गरेको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभन पोइन्ट बिक्री मूल्य कायम गरिएको छ । साथै पेट्रोल बिक्री मूल्य यथावत राखिएको निमगले शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।