१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

काभ्रेमा तोडफोड–आगजनी : थप सात पक्राउ

काभ्रेमा तोडफोड–आगजनी : थप सात पक्राउ
अ अ+ अ-

काभ्रेपलाञ्चोक। जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप सात जना काभ्रेपलाञ्चोकमा पक्राउ परेका छन् ।

गत भदौ २४ गते काभ्रेपलान्चोकमा विभिन्न सरकारी तथा निजी भवन र सम्पति माथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धुलिेखलले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पक्राउ पर्नेमा पनौती नगरपालिका–३ का अनिष सापकोटा, वडा नं ८ का सुमन केसी, वडा नं १० का साकार केसी, वडा नं २ का स्यान्जी भन्ने सुवाष तामाङ, बेथानचोक गाउँपालिका–६ का समीर तामाङ, वडा नं ३ का चिउरे भनिने होमप्रसाद तिमल्सिना र महाभारत गाउँपालिका–४ का ङेमासाङ मुक्ताान रहेका छन् ।

यस्तै पनौती नपा–३ का अनिष सापकोटा विरुद्ध यसअघिसमेत मुद्दा दर्ता भएको थियो । सापकोटा विरुद्ध विसं २०७२ मा अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनपछि सापकोटा सामाजिक सञ्जालमा विभिन्न धम्की दिँदै गालीगलौजमा उत्रिएको जनाइएको छ ।

बेथानचोकका होमप्रसाद तिमल्सिना विरुद्ध विसं २०८१ मा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएको थियो । यसैगरी पनौती नपा–२ का तामाङ विरुद्ध तीन पटक चोरी मुद्दा दर्ता भएको छ । कार्यालयका अनुसार काभ्रेपलाञ्चोक र मातहत प्रहरी एकाइबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । उनीहरूमाथि काभ्रेपलान्चोक जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा सात दिनको म्याद थप गरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको हो ।

जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्न विरुद्ध कार्यालयमा उजुरी परेको जनाइएको छ । अन्य आन्दोनका क्रममा अपराधिक घटनामा संलग्नको खोजी भइरहेको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो ।

गत भदौ तेस्रो साता भएको आन्दोलनका क्रममा तोडफोड एवं आगजनी घटनाको काभ्रेपलाञ्चोक प्रहरीले उजुरीका आधारमा अनुसन्धान गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा परेको छ वटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरिएको जनाइएको छ । कार्यालयले हालसम्म जुटेको प्रमाणका आधारमा थप अनुसन्धान गरी पक्राउ गर्नेसमेतको योजना बनाएको हो ।

कार्यालयले आफ्नो मातहतको इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ जनालाई भने पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ । जाहेरीबाहेक अन्य सरकारी संरचनामा क्षति पुगेको तथा पु¥याउनेबारे अनुगमन, निरीक्षण तथा अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रनाउ विष्टले बताउनुभयो । उहाँका अनुसार ठूला चाडवाडले केही सुस्ताए अब अनुसन्धानलाई तीव्रता दिइनेछ ।

प्रहरीले विभिन्न स्थानमा ध्वंसात्मक गतिविधि मच्चाउने र त्यस कार्यमा संलग्न गराई उक्साउनेको पहिचान र प्रमाणका आधारमा पक्राउ गर्ने योजना बनाएको हो । गत भदौ २४ गतेको ध्वंसात्मक घटनामा काभ्रेपलाञ्चोकको बनेपा, पनौती र धुलिखेलमा गरिएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नको पहिचान गरी कारबाही गर्न सुरक्षा निकायमा पीडितले जाहेरी दर्ता गराएका हुन् । उक्त जाहेरीमा घटनामा संलग्न तथा घटनाको वातावरण सिर्जना गर्ने, गराउनेका बारेमा प्रमाण पेस गरिएको प्रहरीले जनाएको छ ।

विशेषगरी सरकारी सम्पत्ति र सार्वजनिक क्षेत्रमा आगजनी र तोडफोड गर्नेहरूको पहिचानका लागि प्रहरीले यसअघि नै उजुरी गर्न इमेलमार्फत आह्वान गरेको थियो ।

प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पर्‍याइएको थियो । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी तथा लुटपाट गरी क्षति पुर्‍याइएको हो । ‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार जनाले काठमाडौँमा ज्यान गुमाएका थिए ।

यसअघि ‘जेनजी’ को आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका थप ५३ कैदीबन्दीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट विभिन्न मितिमा पक्राउ गरी कार्यालयले जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालय पठाएको जनाएको छ । त्यसबेला प्रहरीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ बाट ७३० राउण्ड गोलीसहित आठ नालाई पक्राउ गरेको थियो । रासस