१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेमौसमी वर्षाले किसान दोहोरो मारमा



फाइल फोटो
अ+ अ-

सिरहा। लगातारको वर्षाका कारण भित्र्याउने बेला भएको धान खेतमा ढल्न थालेपछि सिरहाका किसान चिन्तित बनेका छन्।

बङ्गालको खाडीबाट विकसित ‘मोन्था’ चक्रवातका कारण भएको बेमौसमी वर्षाले पाक्नै लागेको धानमा क्षति पुगेपछि आफूहरू मर्कामा परेको किसानको गुनासो छ ।

गोलबजार-९ का किसान रामपुकार कामतीले सुरुमा खडेरीले रोपाइँमा समस्या पारेको भन्दै अहिले भित्र्याउने बेला झरीले धानबाली नष्ट गरेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “रोप्ने बेलामा खडेरीको मारमा परियो । जसोतसो धान रोपियो । तर भित्र्याउने बेलामा बेमौसमी वर्षाको मारमा परेका छौँ । दुःख गरेर खेती गर्छौैँ, तर प्रकृतिले साथ दिँदैन ।”

कर्जन्हा नगरपालिका-३ बन्दीपुरका जितेन्द्र यादवले बेमौसमी वर्षाले किसानमाथि बज्रपात भएको गुनासो गर्नुभयो । उहाँले मुस्किलले एक हप्तापछि भित्र्याउन सकिने धानलाई पानीले क्षति गरेको उल्लेख गर्दै तत्काल क्षतिको मूल्याङ्कन गरी किसानलाई राहत उपलब्ध गराउन सरोकार भएका निकायसँग माग गर्नुभयो ।

साउनको दोस्रो सातासम्म वर्षा नहुँदा किसानले बोरिङ र जेनेरेटरको पानीले रोपाइँ गरेका थिए । यहाँस्थित कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार यसपटक खडेरीका कारण ८८ दशमलव १७ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

उहाँले वर्षासँगै आएको सामान्य हावाले धान ढलेपछि दाना कुहिएर उत्पादन घट्ने अनुमान गरिएको बताउनुभयो । वर्षा रोकिएपछि मात्र स्थानीय तहको कृषि शाखासँग समन्वय गरी क्षतिको यकिन गरिने उहाँले जानकारी दिनुभयो । रासस




भर्खरै