१८ भाद्र २०८३, बिहीबार
,
Latest
पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुराना उपलब्धिको ग्रहण गर्दै सच्चिएर अघि बढ्नुपर्छ : उपसभापति वाग्ले



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले नयाँ पुस्ताले पुराना उपलब्धिलाई ग्रहण गर्दै देशको राजनीतिक र आर्थिक जगलाई थप बलियो बनाउन अघि बढ्नुपर्ने राय व्यक्त गर्नुभएको छ ।

रास्वपाद्वारा आज यहाँ आयोजित ‘जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ शीर्षकको बृहत् राजनीतिक संवाद कार्यक्रममा उहाँले जेनजीलाई आग्रह गर्दै अग्रगमनका लागि विगतका उपलब्धिलाई अझ समृद्ध बनाउँदै आर्थिक मुद्दा अघि बढाउन सकिने धारणा राख्नुभयो ।

वाग्लेले जेनजी आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइसँगै सिङ्गो देशको अग्रगमनबारे भएको छलफल उपलब्धिमूलक भएको बताउनुभयो ।

उहाँले राजनीतिक दलहरु सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “पुरानो ‘लिगेसी’ ग्रहण गर्नुपर्छ । हामीभन्दा अघि, पुराना उपलब्धिलाई ग्रहण गर्दै त्यसमा इँट्टा थप्दै जगलाई मजबुत बनाउँदै जाने हो । अघि बढ्ने हो पछि जाने हैन”, उहाँले भन्नुभयो ।

संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी, विवेकशील साझा पार्टी, हाम्रो नेपाली पार्टी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जेनजी समूहका प्रतिनिधिहरु र अभियन्ताहरुको सहभागिता रहेको थियो ।