१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोमसोम-कागबेनी सडक भाँसिदा गन्तव्यमा नपुगी फर्किए पर्यटक



अ+ अ-

मुस्ताङ। निरन्तरको वर्षाका कारण जोमसोम-मुक्तिनाथ-कोरला सडकखण्ड भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न गएका सयौँ भक्तजन तीर्थयात्री गन्तव्यमा नपुगी जोमसोमबाट फर्किएका छन् । जोमसोम-पान्डाखोलाबीचको सडक बिहीबार वर्षाका कारण करिब २५ मिटर भाँसिएको थियो ।

जोमसोम-कोरला सडक भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न जाने भक्तजन सवार यातायातका साधनलाई स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा जोमसोममा राकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय गौरवको बेनी-जोमसोम खण्ड सहज भए पनि वर्षाका कारण उक्त सडक भाँसिएपछि टाढाटाढाबाट मुक्तिनाथ दर्शन गर्न गएका भक्तजनको यात्रा जोमसोममै पूर्णविराम लागेको हो ।

प्रजिअ भुसालले जोमसोममाथिको सडक भाँसिएपछि जोमसोमबाट मुक्तिनाथ जाने सवारीसाधनलाई माथि जान रोक लगाइएको बताउनुभयो । उहाँका अनुसार मुक्तिनाथबाट फर्किने क्रममा सडक भाँसिएको स्थानमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षा निकायको समन्वयमा जोमसोम तल झार्ने कार्य भइरहेको छ ।

जोमसोमबाट मुक्तिनाथतर्फ जान जोखिमपूर्ण रहेकाले रोकिएको बताउँदै प्रजिअ भुसालले उहाँले निरन्तर वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन नसकिने जानकारी दिनुभयो । आवश्यक स्थानमा ड्रेन निर्माण नहुँदा अविरल वर्षाले सडक संरचनमा क्षति पुगेको उहाँको भनाइ छ ।

उक्त सडक अवरुद्ध भएपछि मुक्तिनाथ जानका लागि मुस्ताङ आएका अधिकांश पर्यटक जोमसोमबाट फर्किएका छन् । कतिपय पर्यटक भने सडक खुल्ने पर्खाइमा जोमसोममा बसेका स्थानीय मनिता थकालीले बताउनुभयो ।

जोमसोम–कागबेनी र कागबेनी-छुसाङ खण्डका आधा दर्जन बढी स्थानमा बाढीपहिरोले सडक तथा अन्य संरचनमा क्षति पुगेकाले मौसम र सडकको अवस्था बुझेरमात्रै यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको छ ।

राष्ट्रिय गौरवको सडकअन्तर्गत आव २०७३/७४ मा ग्राभेलसहित कालोपत्रका लागि उक्त खण्डको ठेक्का सम्झौता भई काम अघि बढेको थियो । सात खण्डमा विभाजन गरिएको उक्त सडकअन्तर्गत पहिलो खण्ड विसं २०७६ मा आयोजना कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।

विसं २०७९ मा जोमसोम-कागबेनी १३ किमी कालोपत्रका लागि ठेक्का लगाइएकामा गत वर्ष सम्पन्न गरी निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण गरेको थियो । रासस