१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोमसोम-कागबेनी सडक भाँसिदा गन्तव्यमा नपुगी फर्किए पर्यटक



अ+ अ-

मुस्ताङ। निरन्तरको वर्षाका कारण जोमसोम-मुक्तिनाथ-कोरला सडकखण्ड भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न गएका सयौँ भक्तजन तीर्थयात्री गन्तव्यमा नपुगी जोमसोमबाट फर्किएका छन् । जोमसोम-पान्डाखोलाबीचको सडक बिहीबार वर्षाका कारण करिब २५ मिटर भाँसिएको थियो ।

जोमसोम-कोरला सडक भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न जाने भक्तजन सवार यातायातका साधनलाई स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा जोमसोममा राकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय गौरवको बेनी-जोमसोम खण्ड सहज भए पनि वर्षाका कारण उक्त सडक भाँसिएपछि टाढाटाढाबाट मुक्तिनाथ दर्शन गर्न गएका भक्तजनको यात्रा जोमसोममै पूर्णविराम लागेको हो ।

प्रजिअ भुसालले जोमसोममाथिको सडक भाँसिएपछि जोमसोमबाट मुक्तिनाथ जाने सवारीसाधनलाई माथि जान रोक लगाइएको बताउनुभयो । उहाँका अनुसार मुक्तिनाथबाट फर्किने क्रममा सडक भाँसिएको स्थानमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षा निकायको समन्वयमा जोमसोम तल झार्ने कार्य भइरहेको छ ।

जोमसोमबाट मुक्तिनाथतर्फ जान जोखिमपूर्ण रहेकाले रोकिएको बताउँदै प्रजिअ भुसालले उहाँले निरन्तर वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन नसकिने जानकारी दिनुभयो । आवश्यक स्थानमा ड्रेन निर्माण नहुँदा अविरल वर्षाले सडक संरचनमा क्षति पुगेको उहाँको भनाइ छ ।

उक्त सडक अवरुद्ध भएपछि मुक्तिनाथ जानका लागि मुस्ताङ आएका अधिकांश पर्यटक जोमसोमबाट फर्किएका छन् । कतिपय पर्यटक भने सडक खुल्ने पर्खाइमा जोमसोममा बसेका स्थानीय मनिता थकालीले बताउनुभयो ।

जोमसोम–कागबेनी र कागबेनी-छुसाङ खण्डका आधा दर्जन बढी स्थानमा बाढीपहिरोले सडक तथा अन्य संरचनमा क्षति पुगेकाले मौसम र सडकको अवस्था बुझेरमात्रै यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको छ ।

राष्ट्रिय गौरवको सडकअन्तर्गत आव २०७३/७४ मा ग्राभेलसहित कालोपत्रका लागि उक्त खण्डको ठेक्का सम्झौता भई काम अघि बढेको थियो । सात खण्डमा विभाजन गरिएको उक्त सडकअन्तर्गत पहिलो खण्ड विसं २०७६ मा आयोजना कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।

विसं २०७९ मा जोमसोम-कागबेनी १३ किमी कालोपत्रका लागि ठेक्का लगाइएकामा गत वर्ष सम्पन्न गरी निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण गरेको थियो । रासस




भर्खरै