१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा गगनको विद्रोहः महाधिवेशन चुनावअघि कि पछि ?



अ+ अ-

न्यूजपोलार ए.आई.

  • कार्यवाहक सभापति खड्कालाई महाधिवेशनको तालिका पेस गर्न निकै सकस
  • संस्थापन पक्ष निर्वाचनअघि महाधिवेशन गर्न नहुने पक्षमा
  • गगन थापा पक्षधरहरुले भने मंसिरमै नियमित नभए चुनावअघि विशेष महाधिवेशन गर्नुपर्नेमा जोड
  • महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गर्न माग गरेका थिए ।

काठमाडौँ: नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशन चुनाव अघि कि चुनावपछि भन्ने विषयको विवाद उत्कर्षमा पुगेको छ । यो विवादले कांग्रेसमा विद्रोहको अवस्था समेत सृजना गरेको छ । संस्थापन पक्ष आगामी फागुन २१ मा तोकिएको आमनिर्वाचन पछि मात्र पार्टी महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने संस्थापन इतर पक्ष भने मंसिरमै महाधिवेशन गनुपर्छ भन्नेमा छ ।

इतर पक्षमा पनि नेता शेखर कोइराला पुससम्ममा गर्नुपर्छ भन्छन् भने यता गगन थापा मंसिरमै गर्नुपर्छ भन्नेमा अडिग छन् । शेखर कोइराला सके सम्म पुससम्म नियमित महाधिवेशन गर्नुपर्ने र नत्र त्यही समयमा विशेष महाधिवेशन गर्नुपर्छ भन्नेमा छन् ।

उनीहरु विशेष महाधिवेशनको पक्षमा भने छैनन् । तर महामन्त्रीद्धय गगन र विश्वप्रकाश समूहले मंसिरमै नियमित नभए विशेष महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन् । बिहीबारको केन्द्रीय समिति बैठकमा सो विवाद झन् बल्झियो । केन्द्रीय समिति बैठक अघि ती पक्षका नेता र पदाधिकारीको बैठक कार्यबाहक सभापति पूर्णबहादुर खड्काले राखेका थिए । सो बैठकमा पनि सहमति हुन नसकेपछि महामन्त्री गगन थापाले त बैठक नै बहिस्कार गरेका थिए ।

महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गर्न माग गरेका थिए । सो तालिका प्रस्तुत गर्न नपाएपछि कांग्रेस महामन्त्री गगन थापाले त केन्द्रीय कार्यसमितिको बिहीबारको बैठक नै बहिष्कार गरेका थिए । यसले पार्टीभित्रको विवाद झनै चर्काएको छ ।

बिहीबारको बैठक सुरु हुनुअघि नै कार्यतालिकाको विषयमा कार्यवाहक सभापति खड्कासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले माग गरेका थिए । तर अहिले नै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न नसकिने अडान कार्यबाहक सभापति खड्काले नमानेपछि विवाद सुरु भएको छ ।

बैठकमा कार्यतालिका प्रस्तुत गर्ने तयारीका साथ महामन्त्री थापा दिउँसो १ बजे अगाडि नै सानेपा पुगेका थिए । कार्यवाहक सभापतिको कार्यकक्षमा तीन पदाधिकारीबीच भएको छलफलमा खड्काले केही दिन पर्खन आग्रह गरेका थिए । त्यसलगत्तै थापा सानेपाबाट बाहिरिएका थिए ।

बिहीबारको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षधर नेताहरूले फागुन २१ को चुनावपछि पार्टी महाधिवेशन गर्नुपर्ने माग गरेका छन् । तर गगन थापा पक्षधरहरुले भने मंसिरमै नियमित नभए चुनावअघि विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठक आज पनि छ । महाधिवेशनबारे फरकफरक मत राखेकाले आजको बैठक कसरी अघि बढ्छ भन्ने निश्चित छैन । साथै हिजो बहिस्कार गरेका महामन्त्री गगन थापाले त्यसैकारण महाधिवेशनको मितिबारे कांग्रेसमा किचलो बढ्दै गएको छ ।

कार्यवाहक सभापति खड्कालाई महाधिवेशनको तालिका पेस गर्न निकै सकस भइरहेको देखिन्छ । हिजोको बैठकमा पनि उनले आफ्नो अप्ठेरो बुझिदिन र अरु केही दिन धैर्य गरिदिन पटक पटक आग्रह गरेका थिए । महाधिवेशनको विषयमा समान धारणा र सहमति बन्न नसके पनि सहमति जुटाउन खड्का चौतर्फी कुदिरहेका छन् ।

संस्थापन पक्ष निर्वाचनअघि महाधिवेशन गर्न नहुने पक्षमा रहेकाले त्यो परिस्थिति जुटाउनका लागि कार्यबाहक सभापति खड्कालाई गाह्रो पर्ने देखिएको छ । संस्थापन पक्षले भने सबै मुद्दाहरुको व्यवस्थापनका लागि वैशाखमा महाधिवेशन गर्न उचित हुने भनिरहेको छ । अर्कोतिर ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाइसकेको अवस्था छ ।

महामन्त्रीद्वय थापा, शर्मा र इतरपक्षीय नेता शेखर कोइराला पक्षधर भने ढिलोमा पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने, नभए विशेष महाधिवेशन गर्नुपर्ने अडानमा टसमस छैन । कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भने बिहीबारको बैठकमा पनि फागुन २१ को निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने भन्नेमा पार्टीमा बलियो बहुमत रहेको दाबी गरे ।

हिजोको बैठकमा बोल्ने अधिकांश नेताहरूले नियमित महाधिवेशनको पक्षमा धारणा राखेका थिए र उनीहरुले संस्थापन पक्षको पक्षमा नै १५औं महाधिवेशन आसन्न आम चुनावपछि गर्नुपर्ने बताएका थिए । उनीहरुले वैशाखमा चुनाव गर्नुपर्ने बताएका थिए ।