१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट ग्यास आयातमा कमी



अ+ अ-

वीरगन्ज । नेपाल र भारतमा लकडाउन भएयता भारतबाट वीरगन्ज नाका हुँदै ग्यास आयातमा कमी आएको छ ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपालमा चैत १० देखि सीमा नाका बन्द गरिएको छ ।

चैत ११ गतेदेखि लकडाउन गरिएको छ । भारत पनि चैत १२ देखि २१ दिनका लागि लकडाउनमा छ ।

यो बेला अत्यावश्यक वस्तु आयात निर्यातमा कुनै अवरोध नहुने दुवै देशका सरकारले जनाएका छन् । तर, भारतबाट ग्यास आयातमा कमी आएको छ ।

नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा भारतबाट वीरगन्ज नाका हुँदै दैनिक औसतमा ५० देखि ५५ बुलेट एलपी ग्यास नेपाल भित्रिन्छ । चैत ११ यता भारतबाट दैनिक औसतमा २७ बुलेट ग्यास मात्र भित्रिइरहेको छ ।, समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।