१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

नेपालले तिब्बतसँग माग्यो स्वास्थ्य सामग्री

नेपालले तिब्बतसँग माग्यो स्वास्थ्य सामग्री
अ अ+ अ-

काठमाडौं । नेपालले छिमेकी चीनको तिब्बत स्वशासित जनसरकारलाई पनि स्वास्थ्य सामग्री अनुदानमा उपलब्ध गराइदिन आग्रह गरेको छ । तिब्बतमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि केन्द्र सरकार बेइजिङले पठाएका स्वास्थ्य सामग्रीबाट आफ्नो देशलाई सहयोग गर्न नेपाल सरकारले औपचारिक आग्रह गरेको हो ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले तिब्बत सरकारसँग छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘हामीले सहयोगका लागि अनुरोध गरेका छौँ । उहाँहरूले सकारात्मक जवाफ दिनुभएको छ । तर, समयसीमा तोकिएको छैन । हामी आशावादी छौँ,’ उनले भने । नेपालको तातोपानी नाकाबाट करिब नौ सय किलोमिटरको दूरीमा ल्हासा छ ।

ल्हासाबाट एकैदिनमा स्वास्थ्य सामग्री गाडीमा हालेर नेपालको सीमा ल्याउन सकिने महावाणिज्यदूत कार्कीले बताए । तिब्बत सरकारले केन्द्र सरकारसँग समन्वय गरेर आवश्यक निर्णय लिइने र नेपाललाई सक्दो सहयोग गर्ने आश्वासन दिएको छ ।

तिब्बतमा अहिलेसम्म एकजना व्यक्ति मात्रै कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनको हाल उपचार भइसकेको छ । नेपालले चीनको केन्द्र सरकारलाई स्वास्थ्य सामग्री, टेस्ट किट्स, भेन्टिलेटर, एम्बुलेन्ससहितका सामान अनुदानमा उपलब्ध गराइदिन आग्रह गरिसकेको छ । चीन सरकारले एक साताभित्र सामान जम्मा हुने र त्यसपछि नेपाल पठाइदिने आश्वासन दिएको छ । नेपालले छिमेकी चीनको स्वशासित तिब्बत सरकारसँग बेग्लै आग्रह गरेको हो ।

ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याउने तयारी

चीनको व्यापारिक सहर ग्वान्जाओबाट नेपालका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउने तयारी भएको छ । नेपाली औषधि व्यवसायी तथा गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले दिने भनेको एक करोड रुपैयाँबराबरको स्वास्थ्य उपकरण ग्वान्जाओबाट ल्याउने तयारी भएको छ ।

सरकारले निजी क्षेत्रलाई आग्रह गरेअनुसार सामान खरिद गरेर ग्वान्जाओबाटै ल्याउने तयारी भएको छ । ग्वान्जाओस्थित नेपाली उपमहावाणिज्यदूत कुञ्जन शाहले नेपाल सरकारलाई उत्पादक कम्पनीको नाम र विवरण पठाएको जानकारी दिए । शाहले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘सामान ल्याउने विषयमा छलफल भइरहेको सुनेका छौँ, हामीलाई अहिलेसम्म समन्वय गर्नू भन्ने निर्देशन नेपाल सरकारले दिएको छैन ।’ नेपाल एयरलाइन्सको जहाज शनिबार ग्वान्जाओका लागि जाँदै छ ।

दुई हजार किट्स आज आउँदै

चीनको बेइजिङ साभन्त बायो टेक्नोलोजीले नेपाललाई दिएका दुई हजार थान कोरोना भाइरस जाँच्ने उपकरण ९किट्स० शुक्रबार मात्र तिब्बतको ल्हासा आइपुगेको छ । बिहीबारै ल्हासा आउने भनिए पनि सामान सिचुआनको छेन्दु मात्रै आइपुगेको थियो । शुक्रबार उडानमार्फत ल्हासा आएपछि सामान गाडीमा हालेर नेपाली महावाणिज्य दूतावासले तातोपानी नाकातर्फ पठाउनेछ । ‘सामान तातोपानीतर्फ पठाउने प्रक्रिया पूरा गराउँदै छौँ,’ ल्हासास्थित नेपाली महावाणिज्यदूत कार्कीले टेलिफोनमा नयाँ पत्रिकासँग भने ।

बुधबार चिनियाँ कम्पनीले कोरोना भाइरस एन्टिजिन डिटेक्सन रिएजेन्ट टेस्टिङ किट्स बेइजिङस्थित नेपाली दूतावासलाई हस्तान्तरणको प्रक्रिया पूरा गरेको थियो । ती सामान आइतबार काठमाडौं ल्याउने तयारी छ । सरकारले तातोपानी भन्सार कार्यालयलाई सामान ल्याउन निर्देशन दिइसकेको छ ।

किट्स उत्पादक कम्पनीका महाप्रबन्धक वाङ गुओपिङले बुधबार उक्त सामग्री बेइजिङस्थित नेपाली दूतावासमा कार्यवाहक नेपाली राजदूत सुशीलकुमार लम्साललाई हस्तान्तरण गरेका थिए । यी सामान तीस हजार अमेरिकी डलर (करिब ३६ लाख नेपाली रुपैयाँ)बराबरका हुन् । बेइजिङस्थित दूतावासले आफ्नो सम्पर्कमा रहेका कम्पनीलाई नेपालीका लागि अनुदानमा सामान उपलब्ध गराउन आग्रह गरेको छ । केही कम्पनी र दाताले पनि सामान दिने इच्छा देखाएका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।