१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तपाईं के गर्दै हुनुहुन्छ ? ‘हामी फेसबुक चलाएर बसेका छौँ’

तपाईं के गर्दै हुनुहुन्छ ? ‘हामी फेसबुक चलाएर बसेका छौँ’
अ अ+ अ-

कोहलपुर। लकडाउनका कारण यतिबेला विद्यार्थीदेखि कर्मचारीहरूसम्म घरभित्र थुनिनु परेको छ । बाहिर निस्किन सक्ने अवस्था छैन । स्वास्थ्य परीक्षण नगरिएका व्यक्तिसमेत गाउँमा फर्किएपछि त्रासले कोही पनि बाहिर निस्किन चाहेका छैनन् ।

लकडाउन सुरु भएको सातौँ दिन बित्दा सबैमा एकखालको छटपटी र उकुसमुकुस छ । सूचना प्रविधिका कारण दिन बिताउन केही सहज भए पनि सबै स्थानमा त्यसको पहुँच छैन । हाम्रा समाचारदाताले लकडाउनमा रहेकाहरूसँग हालको दैनिकीका बारेमा जिज्ञाशा राख्दा उनीहरूले भन्ने गरेका छन्, “तपाईं के गर्दै हुनुहुन्छ रु हामीहरू फेसबुक चलाएर बसेका छौँ । ”

साथी सामाजिक सञ्जाल
कोरोना भाइरसको सङ्क्रमणको भयले बन्दी जीवन बिताइरहेका हुम्लीहरूले सामाजिक सञ्जालको भरपुर उपयोग गरिरहेका छन् । प्रवेशिका परीक्षाको तयारीमा रहेका विद्यार्थीले पाठ अभ्यास गरेर दिन बिताउने गरेका छन् । बालमन्दिर माध्यमिक विद्यालयका शिक्षक मधु बस्नेत शाहीले समय विभाजन गरेर दिन बिताउने गरेको बताउनुभयो । उहाँले घरायसी कामबाहेक फेसबुक र टेलिभिजन हेर्न तथा साहित्यिक पुस्तक अध्ययनमा व्यस्त हुने गरेको सुनाउनुभयो । उहाँले यसै मौकामा आफूले फरक फरक परिकार पकाउने अवसर पनि पाएको बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख विष्णुबहादुर शाहीले सामाजिक सञ्जालमा व्यस्त हुनुका साथै अनलाइन र टेलिभिजनमा समाचार हेर्ने गरेको बताउँदै भन्नुभयो, “जिल्लाभरिका विद्यार्थी सङ्ख्या पनि अद्यावधिक गर्ने काम सुरु गरेको छु । ”

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले लकडाउनको समयमा पनि कार्यालयको काममा समय बिताइरहेको बताउनुभयो । स्वक्वारेन्टाइनमै रहनुभएका उहाँले पालिकाको स्वास्थ्य शाखाका लागि आवश्यक उपकरण तथा औषधिको सूची तयार गरी झिकाउने काम गरिरहेको बताउनुभयो । एसईई परीक्षाको तयारीमा रहनुभएकी छात्रा वसन्ती बोहराले अधिकांश समय परीक्षाको तयारीमा बिताउने गरेको बताउँदै लकडाउन छिटो हटेर परीक्षा सकिने दिनको प्रतीक्षामा आफू रहेको सुनाउनुभयो ।

परिवर्तीत दैनिकी
सल्यानका कर्मचारीहरू सिर्जनात्मक काममा व्यस्त छन् भने विद्यार्थी अध्ययनमा क्रियाशील छन् । लकडाउनले सबैको दैनिकीमा परिवर्तन आएको छ । कृषि विकास कार्यालयका सूचना अधिकारी रेशम बस्नेतले कृषि क्षेत्रका विभिन्न अभिलेख तयार गरिरहेको बताउनुभयो । जिल्ला मालपोत कार्यालयका खरिदार दीपक बुढाथोकीले सामान्य दिनमा बिहान १० देखि दिउँसो ५ बजेसम्म सेवाग्राहीका जग्गा पास र अंशबण्डाका काममा व्यस्त हुने गरेकोमा अहिले किताब पढ्ने र यूट्युबमा गीत सुन्दै आएको सुनाउनुभयो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी बुद्धिमान बस्नेतले दैवी प्रकोप, राहत, सुरक्षा, स्वास्थ्यसम्बन्धी खर्चको भुक्तानीसम्बन्धी काममा आफूहरू व्यस्त रहेको बताउँदै भन्नुभयो, “कोठामा नै सारा दिन बिताउनुपर्दा नयाँ अनुभव हासिल भइरहेको छ । ” शिवजन माध्यमिक विद्यालय शीतलपाटीका प्रधानाध्यापक हीरालाल नेपालीले मनमा त्रास भए पनि समयको सदुपयोग गर्न पुस्तक पढ्ने गरेको बताउँदै आगामी नयाँ शैक्षिक सत्रका लागि गुणस्तरीय शिक्षासम्बन्धी योजना पनि तयार गरिरहेको बताउनुभयो । जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्ण भण्डारीले बन्दको सदुपयोग गर्दै सल्यानको साहित्यिक इतिहास परिमार्जन र लोक साहित्यका बारेमा लेख लेखिरहेको बताउनुभयो ।

परीक्षार्थी चिन्तित
जाजरकोटका बासिन्दालाई घरभित्र बसिरहनुपर्दा अत्यास लाग्न थालिसकेको छ । समय बिताउन छटपटी भए पनि कोरोना भाइरसको त्रासले बाहिर आउन नसकेको बताउँछन् । नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले सुरक्षाका लागि घरभित्र बस्नु परेको बताउँदै अन्य बेलाको भन्दा फरक अनुभूति भइरहेको बताउनुभयो ।

नेपाल निजामती कर्मचारीहरूको अधिकारिक ट्रेड युनियनका अध्यक्ष विशाल चन्दले सामाजिक सञ्जालले दिन बिताउन सहयोग गरेको बताउनुभयो भने उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्ण खत्रीले पुस्तक पढेर दिन बिताइरहेको बताउनुभयो ।

एसईई परीक्षाको तयारीमा रहनुभएका भेरी नगरपालिका १ का निरज बटाला परीक्षालाई लिएर आफू चिन्तित बनेको बताउँदै अध्ययन गर्नेबाहेक टेलिभिजन पनि हेर्ने गरेको बताउनुभयो । अन्य तहका विद्यार्थीले दिन बिताउन साहित्यिक पुस्तक पढ्ने, मोबाइलमा गेम खेल्ने र नजिकैको खोलामा माछा मार्ने गरेका छन् । भेरी नगरपालिका १ का वडाध्यक्ष दीपक रानाले जनतासँग फोन सम्पर्क गर्दै आवश्यक सल्लाह सुझाव दिँदै आएको बताउनुभयो ।

अभिभावक चिन्तित
दैलेखको नारायण नगरपालिका गणेश चोककी अभिभावक अनिता केसीले छोरीको एसईई परीक्षालाई लिएर आफूहरू चिन्तित भएको बताउनुभयो । “छात्रावासमा राखेका थियौँ, लकडाउनपछि घरमा ल्याएका छौँ” उहाँले भन्नुभयो, “घरमा पढ्दैनन् । छिटो लकडाउन सकिएर परीक्षा सम्पन्न होस् भन्ने प्रतीक्षामा छौँ । ” शिक्षकहरू आ–आफ्नो घरमा गएका छन् । भगवतीमाई गाउँपालिकास्थित लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम दाहालले नयाँ विद्यार्थी भर्नाको काम रोकिन गएकोमा गुनासो गर्नुभयो । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख तेजबहादुर थापाले कार्यालय कुरेर बस्ने काम भइरहेको सुनाउनुभयो । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आवश्यक परेमा कर्मचारीलाई कार्यालयमा बोलाउने गरेको बताउनुभयो । आयुर्वेद केन्द्रका कर्मचारी रामप्रसाद महोत्सवले लकडाउनपछि बिरामी आउन छाडेको बताउँदै उपचार गराउन कोही नआए पनि आफूहरू दैनिक कार्यालय खोल्ने गरेको बताउनुभयो ।

अत्यार लागिसक्यो
कालीकोटमा एसईई परीक्षार्थी सबैभन्दा बढी चिन्तित बनेका छन् । नयाँ कक्षामा उक्लिने विद्यार्थी नतिजा हातमा नपरेकोप्रति गुनासो पोख्छन् । तिलागुफाकी छात्रा सर्मिला शाहीले एसईई परीक्षा सम्पन्न हुन नसकेकोमा आफूलाई अत्यार लागिसकेको सुनाउनुभयो । बाल संरक्षण अधिकृत बाले विश्वकर्माले एक्कासि परीक्षा स्थगन हुनु र लगत्तै आउजाउमा प्रतिबन्ध हुनुले विद्यार्थीलाई समस्या परेको बताउनुभयो ।

शुभकालीका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हस्तबहादुर शाहीले दैनिक कार्यसम्पादन ठप्प भएकाले गाउँको अवस्था के छ भनेर फोन गर्ने, भारतबाट आएकाको खोजी गर्ने र उनीहरूलाई अलग बस्न लगाउने कार्यमा समय बिताउँदै आएको बताउनुभयो । बडिमालिका माविका प्रधानाध्यापक पुष्पराज बरालले विद्यालय बन्द हुँदा छोराछोरीहरूसँग दिन बिताउने गरेको बताउनुभयो ।

पालो लगाएर काम
सुर्खेतमा लकडाउनपछि कर्मचारीहरू कार्यालयमा पालोअनुसार काम गर्न थालेका छन् । कार्यालयमा भीड नगर्न पालोअनुसार कार्यालयमा आएर काम गर्ने गरेका हुन् । केही कर्मचारीले भने घरमै बसेर काम गरिरहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशव उपाध्यायले कार्यालयमा भीडभाड हुने भएकाले मुख्यसचिव, सचिवहरूबाहेक अन्य कर्मचारी पालोअनुसार कार्यालयमा काम गरिरहेको बताउनुभयो ।

यस समयमा शिक्षकहरू घरमै छन् । उनीहरूले विद्यालयमा परीक्षा सम्पन्न भएलगत्तै विद्यालय बन्द भएकाले अहिले घरमै बसेर उत्तरपुस्तिका परीक्षण गरिरहेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगरका शिक्षक शान्ता कँडेलले उत्तरपुस्तिका परीक्षणका साथै करेसाबारी स्याहारेर दिन बिताइरहेको बताउनुभयो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।