१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री अर्याललाई प्रभु साहको चेतावनी : म्याण्डेटमा ध्यान देउ, मिडियाबाजी र म्यानुपुलेशनमा होईन



अ+ अ-

रौतहट। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् । गृहमन्त्री अर्यालले देशमा शान्ति, सु–व्यवस्था र अमनचयन कायम गर्नेगरि भूमिका नखेलेको भन्दै साहले प्रश्न उठाएका हुन् ।

देशमा शान्ति, सुरक्षा र अमनचयनको जिम्मा लिएका गृहमन्त्रीले राम्रो सुझबुझ देखाउन नसकेको र राजनीतिक प्रतिशोधमो उत्रिन खोजेको आभाष हुन थालेको भन्दै साहले आलोचना गरे ।

रौतहटको मौलापुरमा आज पत्रकारहरूसंगको कुराकानीमा अध्यक्ष साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनावको म्याण्डेटमा ध्यान दिन भन्दै अनावश्यक मिडियाबाजी र म्यानुपुलेशनमा नलाग्न पनि चेतावनी दिए । उनले देशको गृह प्रशासन चलाउने कुरा अदालतमा रिट निवेदन हाल्ने र बहस गरेजस्तो सजिलो नहुने भन्दै समयको गम्भीरतालाई ध्यान दिएर चुनावको वातावरण बनाउने कुरामा आफ्नो भूमिका निर्वाह गर्न गृहमन्त्रीलाई सुझाव दिए ।

उनले प्रधानमन्त्री सुशीला कार्की चुनाव गराउने दिशामा नभएर देशलाई दिशाहीन गन्तव्यमा पुर्याउन उद्धत रहेको आरोप लगाए । वर्तमान सरकारको हुती हेरेर नै भदौ २३ गते जेन–जी आन्दोलनको क्रममा युवाहरुको नरसंहारमा उत्रिएका केपी ओलीजस्ता अधिनायकवादी शासकहरूले अहिले टाउको उठाउन थालेको उनको दाबी छ ।

साहले वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने संकेत देखिएको भन्दै निर्णायक संघर्षमा होमिनको लागि न्यायप्रेमी, देशभक्त र क्रान्तिकारी शक्तिहरुलाई अपिल गरेका छन् ।

उनले वर्तमान सरकार फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउनको लागि बनाईएको भएपनि अहिले सरकारले जथाभावी हात हाल्न थालेको भन्दै त्यसको उपज राजदूतहरु अकारण फिर्ता बोलाईएकोमा आक्रोश पोखे ।