६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिम्सिनाको ‘नेपालको बैङ्किङ इतिहास’ सार्वजनिक



अ+ अ-

झापा।  मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का दीपेन्द्रराज तिम्सिनाले लेख्नुभएको ‘नेपालको बैङ्किङ इतिहास’ पुस्तक सार्वजनिक गरिएको छ। पुस्तकमा नेपालको ८८ वर्ष लामो बैङ्किङ अवस्थालाई समेटिएको हो । लेखक तिम्सिनाको यो १४औँ कृति हो ।

लेखक तिम्सिनाका अनुसार पुस्तकमा नेपालका (क) र (ख) श्रेणीका बैङ्कहरुको चिनारीलाई उजागर गर्ने प्रयास गरिएको छ । पुस्तकमा पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पौडेलको जीवनी, द्वन्द्वकालमा बैङ्कमा गरिएको आक्रमण, नेपाली बैङ्क ‘मर्जर’को इतिहास, राणाकालमा बेलायतबाट फर्केका नेपालमा बैङ्क खोल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैङ्किङ क्षेत्रका अगुवा विके श्रेष्ठबारे सामग्री समेटिएको छ ।

नेपाली बैङ्कले पाएको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्ड, बैङ्किङ क्षेत्रमा महिला सहभागिता, विपत्मा बैङ्कको सहयोग, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, कानुनहरू, खारेज भएका बैङ्कहरु, लिच्छविकालदेखिका मुद्राबारे पुस्तकमा लेखिएको छ । रासस