२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण



अ+ अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण गरी त्यहाँबाट प्रदान गरिने सेवा प्रवाह, कैदीबन्दीको सङ्ख्या र अवस्थालगायतका विषयमा जानकारी लिनुभएको छ ।

निरीक्षणपछि मन्त्री आर्यालले कारागारलाई साधन÷स्रोत सम्पन्न बनाउन र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने सन्दर्भमा सुधारका योजना ल्याउन निर्देशन दिनुभएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिनुभयो ।

सोही अवसरमा मन्त्री अर्यालले ७७ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको कैदीबन्दी पक्राउ, खोजी नियन्त्रण कार्यदललाई सक्रिय बनाउन र जिल्लामा रहेका सुरक्षा एकाइलाई बढीभन्दा बढी परिचालन गरेर कारागार बाहिर रहेका कैदीबन्दीलाई छिटो पक्राउ गर्न पनि निर्देशन दिनुभयो ।

 मन्त्री अर्यालले प्रत्येक जिल्लामा निर्वाचनको वातावरण सिर्जना गर्न जिल्ला प्रशासन कार्यालय सक्रिय हुनुपर्ने भनाइ राख्नुभयो । महानिर्देशक शर्माले भन्नुभयो, “आज विभागमा गृहमन्त्री, सचिव र दुई जना सहसचिवको निरीक्षण, निर्देशन कार्यक्रम थियो, सोही अवसरमा मन्त्रीले विभागलाई अझै प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।”

महानिर्देशक शर्माकाअनुसार देशैभरीका कारागारमा २९ हजार २१९ जना र  बालसुधार गृहमा एक हजार ४२२ गरी जम्मा ३० हजार ६४१ जनामध्ये १४ हजार ५४९ जना कैदी फरार भएका थिए । फरार मध्ये नौ हजार २१९ फिर्ता आएका छन् भने पाँच हजार ३५९ जना अझै बाहिर छन् । रासस