१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्षित वर्गको उपचारका लागि वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै कामपा



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त गर्ने लक्षित वर्गका लागि वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । लक्षित वर्गका लागि उपचार प्रभावकारी बनाउन वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्न थालिएको हो ।

आज कामपा स्वास्थ्य विभागका प्रमुख दीपक केसी र अस्पतालका निर्देशक प्राडा दिलिप शर्माले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ । कक्षमा नर्सिङ विषय अध्ययन गरेका तीन जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक कामपाले उपलब्ध गराउनेछ ।

उक्त कक्षबाट कामपाको अनलाइन प्रणालीमार्फत उपचारका लागि आएका बिरामीलाई विभिन्न निजी तथा सामुदायिक अस्पतालमा पुर्‍याउने काम हुने कामपा स्वास्थ्य विभागका प्रमुख केसीले जानकारी दिनुभयो ।

महानगरले विसं २०८० फागुन १ गतेदेखि लक्षित वर्गका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ । यसमा देशभित्रका कुनै पनि ठाउँका व्यक्तिले रोगको निदान, प्रयोगशाला परीक्षणसहितको उपचार प्राप्त गर्न सक्नेछन् । लक्षित वर्गले तीन वटा विधिमध्ये कुनै एक विकल्पबाट सेवा प्राप्त सकिने कामपाले जनाएको छ ।

“पहिलो विपन्न परिचयपत्र छ भने सिधैँ अस्पतालमा जान सकिन्छ । दोस्रोमा विपन्न परिचयपत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन जान सकिन्छ । तेस्रोमा यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरूले आफू विपन्न भएको प्रमाण लिएर महानगरको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सक्नेछन्”, कामपा स्वास्थ्य विभागका प्रमुख केसीले भन्नुभयो ।

अहिलेसम्म उक्त सेवा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्तथैलीको पत्थरीको, मिर्गौलामा पत्थरी भएको, हाडजोर्नीको, नाक, कान र घाँटीजस्ता शल्यक्रिया गर्नुपर्ने बिरामीले अपरेसनको सुविधा लिइरहेका छन् ।

यस्तै जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजोको रोगको उपचार, आकस्मिक स्वास्थ्य सेवा, नशा तथा स्नायुको उपचार, श्वासप्रश्वाशसम्बन्धी समस्याको उपचार, मूत्र प्रणाली तथा पिसासम्बन्धी सेवा उपलब्ध भइरहेको जनाइएको छ । कामपाको यो प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० श्यया आबद्ध भएका छन् । रासस