१४ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट राहदानी विभागले थप आवेदन फारम खोल्ने प्रधानमन्त्रीको सम्बोधन:सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने गतिविधिमाथि कडा कदम चालिने अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने सुर्खेतमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु पूर्वी जिल्लाका सांसदहरुलाई रास्वपाको निर्देशन–गृह जिल्ला फर्किएर सामाजिक सद्भाव कायम गर्न भुमिका खेल्नू खल्तीमार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार ११ कैदी पाँचथरबाट पक्राउ



अ+ अ-

पाँचथर। जेनजी आन्दोलनका क्रममा फरार भएका ११ कैदीलाई प्रहरीले पाँचथरमा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णका अनुसार जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागार तोडेर फरार भएका सुनसरीको झुम्का कारागारका १० तथा ललितपुरको नख्खु कारागारका एक कैदीलाई पक्राउ गरिएको हो । उनीहरु भागेर गाउँ आएको समयमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कुम्मायक गाउँपालिका–१ का घनेन्द्र तामाङ, फिदिम नगरपालिका–१ का विनय नेम्बाङ, फिदिम–५ का मङ्गलसिं तुम्बापो, फिदिम–११ का गजेन्द्र परियार दर्जी र फिदिम–१२ का मिलन थाम्सुहाङ, तुम्बेवा गाउँपालिका–५ का गोपाल बोहोरा, हिलिहाङ गाउँपालिका–७ का चक्र तामाङ, हिलिहाङ–४ का किरण पोखरेल, मिक्लाजुङ गाउँपालिका–५ का सन्तवीर लावती, फाल्गुनन्द गाउँपालिका–३ का देशबहादुर तामाङ र याङवरक गाउँपालिका–३ का उदेश नुगो छन् । उनीहरु गत भदौ ३० गतेदेखि यही असोज २४ गतेसम्ममा जिल्लाका विभिन्न स्थानबाट प्रकाउ परेका हुन् ।

पक्राउ परेकाहरु जबरजस्ती करणी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र लागू औषध मुद्दामा सजाय भोगिरहेका कैदी हुन् । पक्राउ परेका कैदीलाई सम्बन्धित कारागार पठाइएको प्रहरी नायव उपरीक्षक कर्णले बताए ।

देशका विभिन्न कारागारबाट फरार कैदीबन्दी यहाँ आएर लुकिछिपी बस्ने सम्भावनाका आधारमा उनीहरुको खोजी  भइरहेको प्रहरीले जनाएको छ ।