काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन—जीहरुका महत्वपूर्ण माग सम्बोधन गर्दै निर्वाचन गर्ने वातावरण सरकारले निर्माण गर्ने बताउनुभएको छ ।
राष्ट्रपति भवन शितल निवासमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन्न नभनेकाले निर्वाचनको वातावरण बनेको बताउनु भयो । निर्वाचन आयोग पनि कार्यतालिका बनाएर अघि बढेको बताउनु भयो ।
सुरक्षा निकायहरुले पनि सुरक्षाकर्मीको मनाबेल नघटेको बताएको जानकारी दिनुभयो । सुरक्षा निकाय उच्च मनोबलका साथ निर्वाचन गराउन अग्रसर रहेको बताउँदै मुलुक संवादहिनताको दिशामा अघि बढेको र निर्वाचनको माहोल बनेको बताउनु भयो । देश, जनता र राजनीतिक दल र जेन जीको साथ सबै निर्वाचनको बाटोमाअघि बढेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल










