४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

बालेनसहित सुदन गुरुङ, कन्टेन्ट क्रियटर, कलाकार तथा युट्युवरविरुद्ध किटानी जाहेरी

बालेनसहित सुदन गुरुङ, कन्टेन्ट क्रियटर, कलाकार तथा युट्युवरविरुद्ध किटानी जाहेरी
‘जेनजी’ आन्दोलनको क्रममा जल्दै गरेको संसद भवन ।
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साह, ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङ, कलाकार, युट्युवर र कन्टेन्ट क्रियटरहरूविरुद्ध भदौ २४ गतेको घटनालाई लिएर जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी परेको छ ।

अनुप उप्रेती र राजन चेम्जोङले संयुक्त रूपमा दिएको जाहेरीमा राज्यविरुद्धको कसुर, आतंकवादसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, हातहतियार खरखजाना र विस्फोटक पदार्थसम्बन्धी कसुर लगायतका आरोप लगाइएको छ ।

जाहेरीमा भनिएको छ कि हालैको ‘जेन–जी आन्दोलन’ का क्रममा सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा भड्काउने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने तथा दंगा उक्साउने गतिविधि गरिएको थियो ।

उप्रेती र चेम्जोङले मेयर साह र गुरुङसँगै कलाकार संजोग कोइराला, निश्चल बस्नेत, हिमेश पन्त, पत्रकार राजीव खत्री, नेतृ ज्वाला संग्रौला, युट्युवर भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, टिकटकर मनोज के।सी।, पूर्वसांसद सुमना श्रेष्ठ, सामाजिक अभियन्ता केपी खनाल, रिमा विश्वकर्मा, मिराज ढुङ्गाना, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, दीपकजंग अधिकारी, ओजस्वी थापा, भोजराज थापा, पुरुषोत्तम यादव, जेम्स कार्की, युजन राजभण्डारी र रामकुमार खड्का लगायतलाई समेत प्रतिवादीका रूपमा समावेश गरेका छन् ।

जाहेरीवालाले प्रहरीलाई बुझाएको कागजमा फोटो र भिडियोहरू प्रमाणका रूपमा प्रस्तुत गरिएको छ, जसमा आरोपितहरूले विभिन्न स्थानमा आगो लगाउन, तोडफोड गर्न र भीड उक्साउन निर्देशन दिएको दाबी गरिएको छ ।

यस घटनाबारे प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने, “जाहेरी दर्ता भएको छ । प्रारम्भिक अध्ययनपछि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइनेछ ।”