३० कार्तिक २०८२, आईतवार
,
Latest
भगवान शिव र दक्ष प्रजापतिको कथाबाट सिक्न सकिने पाठः हाम्रो स्वभावमा अहंकार कसरी आउँछ ? संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत मधेश प्रदेश मुख्यमन्त्री विवादमा सर्वोच्चको सुनुवाइ भोलि हुने प्रतिगमनविरुद्ध नेकपा एमाले रामेछापको वृहत् प्रदर्शन चालु आवको पहिलो तीन महिनामा ३५.४ प्रतिशतले बढ्यो रेमिट्यान्स ८ घण्टासम्म फोन नछोई सुटिङमा व्यस्त हुने महेशबाबु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्की प्रधानमन्त्री: एमाले अध्यक्ष ओली



अ+ अ-

भक्तपुर( नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री भएकोले उनीबाट लोकतन्त्रको रक्षाको कुनै सम्भावना नभएको बताउनुभएको छ ।

भक्तपुरमा आज आयेजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री हुने बित्तिकै संसद भग गर्न पाउनुपर्दछ भन्ने माग राखेर कार्की प्रधानमन्त्री भएकोले उहाँको नियतमै खोट रहेको बताउनुभयो ।

‘वर्तमान सरकारबाट लोकतन्त्रको रक्षा ? यो हुनै सक्दैन ’ अध्यक्ष ओलीले भन्नुभयो ‘जो संसद विघटन र लोकतन्त्रको जग भत्काउन भनेर प्रधानमन्त्री हुनुभयो उहाँबाट लोकतन्त्तको रक्षा हुने कुरा कल्पना गर्नु हुदैन ।’

अध्यक्ष ओलीले वर्तमान सरकार सडकमा तमासा देखाउन उद्धत रहेको बताउनुभएको छ । कहिले केपी ओलीलाई पक्राउ गर्न राती ३ बजेसम्म बैठक गर्ने,कहिले केपी ओलीको पासपोर्ट रोक्ने अनि कहिले केपी ओलीलाई उपत्यका बाहिर जान नदिने यस्तो तमासा नगर्न सरकारलाई उहाँले चुनौति दिनुभएको छ । ‘यस्ता सडक तमासाले डराउने मान्छे होइन केपी ओली । सुशीला कार्कीको डरले भाग्छ केपी ओली ?’ उहाँले भन्नुभयो । उहाँले गृहमन्त्रीलाई नउताउलिन चेतावनी दिंदै देश चलाउने कुरा हाँसी मजाक नभएको बताउनुभयो ।