१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

सिजनमै मल अभावः मारमा किसान

सिजनमै मल अभावः मारमा किसान
अ अ+ अ-

म्याग्दी । म्याग्दीलगायत गण्डकी प्रदेशका सबै जिल्लामा यतिबेला किसानलाई गहुँ र तोरी थन्क्याउने, खेतबारीमा मकै छर्ने, तरकारी खेती गर्ने तथा चैते धान रोप्न भ्याइनभ्याइ छ ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बजारमा मल नपाएपछि किसानहरूले तरकारी, मकै तथा चैते धानमा प्रयोग गर्न पाएका छैनन् । “मकै खेतीका लागि मल पाएनौं, तरकारी र चैतेधानका लागि पनि अभाव देखिएको छ”, म्याग्दीको मङ्गला गाउँपालिका सहस्रधाराका किसान राम पौडेलले भन्नुभयो, “१५ मुरी खेतमा लगाएको गहुँ पाकेर झर्न थालेको छ तर मकै छर्नका लागि मल नपाउँदा ढिला भएको छ ।”

कृषक पौडेलजस्तै यतिबेला जिल्लाका ६ वटै स्थानीय तहका कृषकहरुलाई खेतमा हाल्न युरिया मल र नाइट्रोजन चाहिएको छ । तर लकडाउनका कारण कृषकहरु घर बाहिर निस्कन पाएका छैनन् । उनीहरुले सबैतिर फोन सम्पर्क गर्दा पनि कतै युरिया मल नपाएको बताएका छन् । त्यसैगरी अर्का किसान रामबहादुर बानियाँले ६ रोपनी खेतमा लगाएको तरकारी बालीमा समेत युरिया मल हाल्न नपाएको बताउनुभयो । यतिबेला बोडी, काँक्रा, सिमी, टमाटर, घिरौला, करेलालगायत तरकारी लगाउने बेला हो । यो बेलामा मल नहाल्दा तरकारी नै नफल्ने भएकाले आफ्नो लगानी जोखिममा पर्ने उहाँको भनाइ छ । “बजारमा मल छैन, तरकारी कसरी उत्पादन गर्ने चिन्ता भएको छ”, उहाँले भन्नुभयो । “मलको अत्यधिक अभाव भयो”, उहाँले भन्नुभयो, “सरकारले वीउ पनि दिंदैन । मल पनि दिंदैन । खेती गर्ने समस्या भयो ।”

कृषि ज्ञान केन्द्र, कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले बेलैमा मल ढुवानी गर्न नसक्दा र किसानहरु घरबाट बाहिर निस्कने वातावरण नहुँदा लगाइएको बाली बिग्रन थालेको छ भने मकै छर्न र तरकारी लगाउन ढिलाई भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले जिल्लामा युरिया लगायतका मलको अभाव भएको र लकडाउनका कारण ल्याउन नसकिएको बताउनुभयो । “खेतीपातीको सिजन शुरु भएको छ, मल, वीउलगायतका सामग्री आएका छैनन्”, उहाँले भन्नुभयो, “लकडाउनका कारण घरबाट निस्कन नसकेर होला कृषकहरुले पनि मल र वीउ चाहियो भनेर आएका छैनन् ।

जिल्लाका अगुवा कृषक चन्द्रबहादुर कार्कीले मकै छर्ने समय भैसकेको र आफू युरिया मल नपाएर छट्पटाइरहेको बताउनुभयो । “तरकारी लगाउने र मकै छर्ने समय भएको छ”, उहाँले भन्नुभयो ‘कृषि ज्ञान केन्द्रमा न मल छ, न मकैको वीउ नै, किसानहरु अन्योलमा परेर बसेका छौं ।”

म्याग्दीमा २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिदँै आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।