२३ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ रावणको संगतमा कुम्भकर्णको बुद्धि भ्रष्ट भयो… अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिजनमै मल अभावः मारमा किसान



अ+ अ-

म्याग्दी । म्याग्दीलगायत गण्डकी प्रदेशका सबै जिल्लामा यतिबेला किसानलाई गहुँ र तोरी थन्क्याउने, खेतबारीमा मकै छर्ने, तरकारी खेती गर्ने तथा चैते धान रोप्न भ्याइनभ्याइ छ ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बजारमा मल नपाएपछि किसानहरूले तरकारी, मकै तथा चैते धानमा प्रयोग गर्न पाएका छैनन् । “मकै खेतीका लागि मल पाएनौं, तरकारी र चैतेधानका लागि पनि अभाव देखिएको छ”, म्याग्दीको मङ्गला गाउँपालिका सहस्रधाराका किसान राम पौडेलले भन्नुभयो, “१५ मुरी खेतमा लगाएको गहुँ पाकेर झर्न थालेको छ तर मकै छर्नका लागि मल नपाउँदा ढिला भएको छ ।”

कृषक पौडेलजस्तै यतिबेला जिल्लाका ६ वटै स्थानीय तहका कृषकहरुलाई खेतमा हाल्न युरिया मल र नाइट्रोजन चाहिएको छ । तर लकडाउनका कारण कृषकहरु घर बाहिर निस्कन पाएका छैनन् । उनीहरुले सबैतिर फोन सम्पर्क गर्दा पनि कतै युरिया मल नपाएको बताएका छन् । त्यसैगरी अर्का किसान रामबहादुर बानियाँले ६ रोपनी खेतमा लगाएको तरकारी बालीमा समेत युरिया मल हाल्न नपाएको बताउनुभयो । यतिबेला बोडी, काँक्रा, सिमी, टमाटर, घिरौला, करेलालगायत तरकारी लगाउने बेला हो । यो बेलामा मल नहाल्दा तरकारी नै नफल्ने भएकाले आफ्नो लगानी जोखिममा पर्ने उहाँको भनाइ छ । “बजारमा मल छैन, तरकारी कसरी उत्पादन गर्ने चिन्ता भएको छ”, उहाँले भन्नुभयो । “मलको अत्यधिक अभाव भयो”, उहाँले भन्नुभयो, “सरकारले वीउ पनि दिंदैन । मल पनि दिंदैन । खेती गर्ने समस्या भयो ।”

कृषि ज्ञान केन्द्र, कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले बेलैमा मल ढुवानी गर्न नसक्दा र किसानहरु घरबाट बाहिर निस्कने वातावरण नहुँदा लगाइएको बाली बिग्रन थालेको छ भने मकै छर्न र तरकारी लगाउन ढिलाई भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले जिल्लामा युरिया लगायतका मलको अभाव भएको र लकडाउनका कारण ल्याउन नसकिएको बताउनुभयो । “खेतीपातीको सिजन शुरु भएको छ, मल, वीउलगायतका सामग्री आएका छैनन्”, उहाँले भन्नुभयो, “लकडाउनका कारण घरबाट निस्कन नसकेर होला कृषकहरुले पनि मल र वीउ चाहियो भनेर आएका छैनन् ।

जिल्लाका अगुवा कृषक चन्द्रबहादुर कार्कीले मकै छर्ने समय भैसकेको र आफू युरिया मल नपाएर छट्पटाइरहेको बताउनुभयो । “तरकारी लगाउने र मकै छर्ने समय भएको छ”, उहाँले भन्नुभयो ‘कृषि ज्ञान केन्द्रमा न मल छ, न मकैको वीउ नै, किसानहरु अन्योलमा परेर बसेका छौं ।”

म्याग्दीमा २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिदँै आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।