७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग

विपद्पछिको पुनःनिर्माणमा एक भएर जुट्न माओवादी केन्द्रको आह्वान

विपद्पछिको पुनःनिर्माणमा एक भएर जुट्न माओवादी केन्द्रको आह्वान
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले विपद्पछिको पुनःनिर्माणमा एक भएर जुट्न आह्वान गरेको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता अग्निप्रसाद सापकोटाले पार्टीले यस्तो आह्वान गरेको बताउनुभएको हो । उहाँकाअनसार देशभर आएको भारी वर्षाले पु¥याएको क्षतिको पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालयको बैठकमा गम्भीर समीक्षा भएको जिकिर गर्नुभयो । देशभर वर्षाबाट ठूलो जनधनको क्षति भएको र त्यसमा पनि कोशी प्रदेशमा धेरै क्षति भएकोप्रति पार्टी सचेत रहेको बताउनु भयो । राहत उद्धारमा संलग्न पार्टीका वाइसिएल लगायत सबैलाई धन्यावाद दिने निर्णय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘देशभर आएको भारी वर्षाले पु¥याएको क्षतिको हाम्रो पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालयको बैठकमा गम्भीर समीक्षा भएको छ । देशभर वर्षाबाट ठूलो धनजनको क्षति भएको छ । विवरणहरु त आउँदै छन्, कति बेपत्ता भएका छन्, कति पहिरोले पुरेको छ । कति बाढीले बगाएको छ । ५५ भन्दा बढीको मृत्यु भएको खबर आएको छ । सबैभन्दा बढी एक नम्बर प्रदेशमा मृत्युको संख्या बढी छ । धनजनको क्षति पनि त्यत्तिकै छ । लोकमार्गहरु पनि अवरुद्ध छन् । भारी वर्षा मधेसमा भएको छ । तीन जनाको मृत्यु भएको छ । राहत उद्धारमा संलग्न पार्टीका वाइसिएल लगायत सबैलाई धन्यावाद दिने । पुनःनिर्माणका लागि एकजुट भएर लाग्न आह्वान गरेका छौँ । दुई दिनपछि फेरि सचिवालयको बैठक बस्नेछ । समाजवादी मोर्चालाई विस्तार गर्ने, पार्टी एकताका सम्बन्धमा पार्टी अध्यक्ष कमरेडले ब्रिफिङ गर्नुभयो ।’

नेता सापकोटाले निर्वाचनमा जाने कुरामा सबै राजनीतिक दलहरु सहमत नै रहेको बताउनु भयो । निर्वाचनबाट मात्रै अहिलेको संविधानलाई निरन्तरता दिन सकिने उल्लेख गर्नुभयो । उहाँले नेपाली काँग्रेस, नेकपा एमालेको केन्द्रिय समितिको बैठबाट पनि राजनीतिक दलहरुले आफ्नो धारणा स्पष्ट राख्ने जिकिर गर्नुभयो । अबको परिस्थितिमा विचार, संगठनलाई नयाँ शिराबाट तयार गर्नुपर्ने चुनौति आएको बताउनु भयो । यसले रुपान्तरणका साथ अघि बढ्ने अवसर प्राप्त भएको पनि जिकिर गर्नुभयो । पार्टीलाई एकतावद्ध गर्दै समाजवादी मोर्चालाई विस्तार गर्ने, विचार मिल्नेहरुसँग एकताका लागि पहल जारी राख्ने पनि बताउनु भयो ।

उहाँले दुई दिनपछि पुनः सचिवालय बैठक बस्ने जानकारी दिनुभयो । समाजवादी मोर्चालाई सक्रिय पार्ने, पार्टी एकताको सम्बन्धका बारेमा पनि छलफल भएको बताउनु भयो । विचार मिल्नेहरुसँग एकताका लागि सकारात्मक छलफल भइरहेको बताउनु भयो । निर्वाचनलाई सफल पार्न संसदमा भएका सबै राजनीतिक दलहरुसँग छलफल गरेको र तोकिएकै मितिमा निर्वाचन गर्न आग्रह गर्ने निर्णय भएको बताउनु भयो ।