१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा ‘ फेंग्युन–३–०८’ भू–उपग्रह सफल प्रक्षेपण



अ+ अ-

एजेन्सी । चीनले शनिबार बिहान आफ्नो नयाँ भू–उपग्रह ‘ फेंग्युन–३–०८’ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो प्रक्षेपण उत्तरपश्चिम चीनस्थित च्युच्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ३ः२८ बजे ९बेइजिङ समय अनुसार० सम्पन्न भएको हो ।

‘फेंग्युन–३–०८’ उपग्रहको मुख्य उद्देश्य मौसम पूर्वानुमान, वातावरणीय अध्ययन, वायुमण्डलीय रसायन विश्लेषण र जलवायु परिवर्तनको निगरानी गर्नु रहेको छ ।
उपग्रहलाई ‘लङ्ग मार्च–४सी’ नामक प्रक्षेपण यानमार्फत अन्तरिक्षमा पठाइएको हो र यसले निर्धारित कक्षमा सफलतापूर्वक स्थान लिएको चीन राष्ट्रिय अन्तरिक्ष प्रशासन ९सीएनएसए० ले जानकारी दिएको छ ।

यो भू–उपग्रहमा नौवटा टाढाबाट अवलोकन गर्ने यन्त्रहरू जडान गरिएका छन्, जसमा क्यामेरा र सूक्ष्मतरङ्ग चित्रग्राहक ९इमेजर० छन् ।

यस प्रक्षेपणसँगै चीनको विश्वव्यापी सङ्ख्यात्मक मौसम भविष्यवाणी क्षमता, जलवायु परिवर्तनप्रति उत्तरदायित्वपूर्ण तयारी र प्राकृतिक विपद् रोकथाम तथा न्यूनीकरण सम्बन्धी क्षमता थप सुदृढ हुने सीएनएसएले जनाएको छ ।

यो प्रक्षेपण लङ्ग मार्च शृङ्खलाको ५९६औं सफल मिसन बनेको छ ।