१४ असार २०८३, आईतवार
,
Latest
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हल्लाबाजहरुलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौँः अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हल्लाबाजहरुलाई देश छोड्न नसकिने स्पष्ट पार्नुभएको छ ।

शनिवार भक्तपुरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले विभिन्न प्रकारका हल्ला गरिरहेको बताउनु भयो । पासपोर्ट रोक्ने भन्ने भ्रम फैल्याइएको भन्दै हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेश नभाग्ने स्पष्ट पार्नुभयो । देश सबै नेपालीहरु मिलेर बनाउनुपर्ने भन्दै देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याएरै छोड्ने पतिवद्धता जनाउनु भयो । देशलाई फेरि पनि सुशासन, शान्ति सुव्यवस्थामामा ल्याउने उद्घोष गर्नुभयो । केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर हमला गर्न जाउँ भन्ने गरिएको भन्दै सरकार सुरक्षा दिनका लागि बसेको हो की होइन भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म सुनिरहेको छु, अहिले सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ । पासपोर्ट रोक्ने, के ठानेको छ ? यो हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ । के सोच्या छ ? हामीले यो देश बनाउनुपर्नेछ । फेरि पनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ । देशलाई फेरि पनि सुशासनमा ल्याउँछौँ, शान्ति सुव्यवस्थामा ल्याउँछौँ । अहिले तपाईंहरुले हेर्नुभएको होला, सामाजिक सञ्जालमा केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर यहाँबाट यति मिनेटमा पैदल पुगिन्छ, यति मिनेटमा गाडीमा पुगिन्छ, सबै हमला गर्न जाऔँ, घर तोकिएको छ, देखाइएको छ, सरकार के हेरेर बसेको छ । के गर्दैछ ?’

अध्यक्ष ओलीले सरकार यिनीहरुमाथि मुद्दा चलाउँछु, पासपोर्ट रोक्छु लगायतका कुराहरु गरेर धाक लगाइरहेको बताउनु भयो । सरकारका कर्तव्यहरु केही हुन्छन् की हुँदैनन् भन्दै प्रश्न गर्नुभयो । सरकारमा हुनेहरुले सुरक्षा दिनुपर्छ की पर्दैन भन्दै प्रश्न गर्नुभयो ।