५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



अ+ अ-

झापा। यहाँको दमक नगरपालिका–५ आम्दा रोडस्थित भित्री सडकखण्डमा आज बिहान मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

बिहान करिब ९ बजे आम्दाबाट क्याम्पस मोडतर्फ जाँदै गरेको मे १० प १५७१ नम्बरको मोटरसाइकलले सडकमा हिँडिरहेकी सोही नगरपालिका–५ बस्ने ४२ वर्षीया देवी बिकलाई ठक्कर दिएको  थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी बिकलाई उपचारका लागि खरखरे आम्दा अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका–६ का २३ वर्षीय  निराजन विष्टलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । रासस