२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासद्वारा विपिन जोशीसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक



अ+ अ-

गाजा सिटीको सबैभन्दा ठूलो शहरी केन्द्रमा इज्रेली सेनाले आक्रामक कारबाही जारी राखिरहेकै बेला, हमासको सशस्त्र शाखा कासाम ब्रिगेड्सले शनिबार गाजामा रहेका ४८ इज्रेली बन्दीहरूको भनिएको “बिदाइ तस्बिर” सार्वजनिक गरेको छ ।

अलजजिरा टेलिभिजनका अनुसार, अनलाइन राखिएको उक्त तस्बिरमा जीवित र मृत दुवै बन्दीका अनुहार देखाइएका छन् । तस्बिरभित्र हरेक अनुहारमुनि “रोन अराड” भन्ने नाम लेखिएको छ । यो नाम इज्रेली वायुसेनाका क्याप्टेन रोन अराडको सन्दर्भमा हो, जो १९८६ मा लेबनानमा हराएका थिए ।

स्रोतका अनुसार यो सूचीमा नेपाल विद्यार्थी विपिन जोशीको तस्वीर समेत समावेश छ । यद्यपी, जोशी समेत कसैको नाम पनि प्रष्ट लेखिएको छैन ।

अराडको एफ ४ फ्यान्टम लडाकू बिमान दक्षिण लेबनानमा आक्रमण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । उनलाई सुरुमा आमाल मुभमेन्टले पक्राउ गरी पछि हिजबुल्लाहलाई हस्तान्तरण गरेको बताइन्छ । अराडको मृत्यु भएको विश्वास गरिए पनि उनको अवस्थाबारे पक्का प्रमाण अझै उपलब्ध छैन ।

हमासले सार्वजनिक गरेको तस्बिरसँगै लेखिएको छ, “नेतन्याहूको अस्वीकृति र जामिर (इज्रेली सेनाप्रमुख) को हठका कारण, गाजा सिटीमा सैन्य कारबाही सुरु हुँदै गर्दा एक बिदाइ तस्वीर ।”

इज्रेली अधिकारीहरूले करिब २० बन्दी अझै गाजामा जीवित रहेको अनुमान गरेका छन्, भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम जीवित हुन सक्ने बताएका छन् । ट्रम्प र नेतान्याहूले बाँकी जीवित तथा मृत बन्दीलाई फिर्ता ल्याउने र हमासलाई “नष्ट गर्ने” प्रतिबद्धता दोहोराएका छन् ।

हमासले इज्रेली आक्रमण र स्थलगत कारबाही बढे बन्दीहरूको जीवन खतरा बढ्ने पटक–पटक चेतावनी दिँदै आएको छ । यसक्रममा केही इज्रेली बन्दी इज्रेली बमबारीमै मारिएका दाबी गरिएको छ ।

यसअघि हमासले यसै महिनाको सुरुवातमा दुई इज्रेली बन्दी देखाइएको भिडियो सार्वजनिक गरेको थियो । त्योभन्दा करिब एक महिना अघि, समूहले अरु दुई जना बन्दी देखाएको फुटेज प्रसारण गरेको थियो, जसमा एकलाई आफ्नै चिहान खन्न बाध्य पारिएको दाबी गरिएको थियो ।

यी तस्वीर र भिडियोहरूले बन्दीका परिवार, इज्रेली सरकारी अधिकारी तथा अमेरिकालगायत अन्य इज्रेली समर्थक देशहरूमा आक्रोश उत्पन्न गरेका छन् ।

विपिन सहित ४८ जना ७ अक्टोबर २०२३ देखि हमासको नियन्त्रणमा छन् ।