१४ श्रावण २०८३, बिहीबार
,
Latest
नेदरल्यान्डससँग नेपाल पराजित यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएई भिसा रोक्दा नेपाली क्रिकेट टोलीको भ्रमण प्रभावित



अ+ अ-

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई)ले युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई भिसा दिन अस्वीकार गरेको छ।

युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल खेल्न जाने शुक्रबारको तालिका भएपनि भिसा नलागेपछि खेलाडीहरु रोकिएका हुन् । नेपालले सेप्टेम्बर २७ देखि वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।

तर, यूएईको दूतावासले नेपाली खेलाडीहरुलाई भीसा दिएको छैन । खेलाडीहरुले केही दिनअघि भिसाका लागि आवेदन दिए पनि अहिलेसम्म प्राप्त नभएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

वेस्ट इन्डिजविरुद्धको श्रृंखलाका लागि अझै केही दिन बाँकी रहेकाले त्यसअघि भिसा आउने आशा रहेको उनको भनाइ छ । यद्यपि, क्यानले युएईको सरकार, त्यहाँको क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)सँग समन्वय भइरहेको लामाले बताए। ‘अहिलेसम्म भिसा आएको छैन। भिसा आउनेबित्तिकै क्रिकेट टोली युएई उड्नेछ,’ उनले भने।