२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध



अ+ अ-

चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले आज साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिनुभयो । माथिबाट पहिरो आउने जोखिम कायमै रहेको उहाँको भनाइ छ ।

आज दिउँसोदेखि पहिरो खस्ने र पन्छाउने काम गरिरहेको शर्माले बताउनुभयो । यहाँका अनुसार साँझपख आएको पहिरो पन्छाउन केही समय लाग्ने देखिएको छ ।

पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारीचालकलाई आग्रह गरेको छ । रासस