२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै



photo: rss
अ+ अ-

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा लगेर व्यवस्थापन गर्न थालिएको छ ।

मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समन्वयमा जेनजी प्रदर्शनका क्रममा सिंहदरबारभित्र आगजनीबाट क्षति पुगेका सवारीसाधन हटाउन थालेको जानकारी दिनुभयो ।

“जलेका सवारीसाधनलाई संसद् भवनमा लगेर व्यवस्थापन गर्ने र सिंहदरबारमा रङरोगन गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “तोडफोड भएका सवारीसाधन मर्मत भइरहेका छन् ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जलेका सवारीसाधनका कारण कुरूप देखिएको भन्दै त्यसलाई हटाएर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो ।